होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • त्रिवेणीकी उपप्रमुख सुनारद्धारा बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन
Breaking News

त्रिवेणीकी उपप्रमुख सुनारद्धारा बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन

  • नागरिक रैबार
त्रिवेणीकी उपप्रमुख सुनारद्धारा बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन

गगन अयडी, धनगढी। त्रिवेणी नगर पालिकाकी उप प्रमुख राधिका देवी सुनारको टोली द्धारा करीब एक साता नगरपालिका अनुगमन गरेको हो । बर्षाको समयमा पानि धेरै परेको कारणले बुढीगंगा नदि र मालागडा नदीले पु¥याएको क्षेतिको अनुगमन गरेको नगर पालिकालीकाको भनाई छ ।

उप प्रमुख सुनारको नेतृत्वमा नगर कार्यपालिका महिला सदस्यको टाली लगेर नदिले कटान गरेको ठाउं र घरमा पु¥याएको क्षेतिको अनुगमन गरेको हो । नगरपलिका भित्र रहेका वडा नम्मर ४ तोली देखि वडा नम्मर ९ सम्म अनुगमन गरेको नगर पालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नरेश राज पन्तले वताए । पन्तका अनुसार यो पहिलो चरणको अनुगमन हो भोलिबाट वडा अध्यक्ष लगाएतको टोलीले नगरपालिकाका सबै वडामा अनुगमन गर्ने वताए ।

विज्ञापन

पहिलो चरणको अनुगमनमा वडा नम्मर ४ तोली देखि वडा नम्मर ९ पैमा सम्मको हेर्दा वडा नम्मर ४ तोलि , वडा नम्मर ५ कालापानि , पन्ताली वडा नम्मर ९ बागापाटा , पैमा र वडा नम्मर ८ पन्धारामा बढी क्षेति भएको अनुगमन टोलीको भनाई छ । उप प्रमुख राधिका देवि सुनारका ,अनुसार जग्गा जमिन बगाएको र , घर ,गाई ,गोरु, बाख्रा, भैसी बाध्ने छाना पूर्ण रुपमा क्षेति भएको जानकारी दिनुभयो । उप प्रमुख सुनारले फोन द्धारा भन्नुभयो सयौ मुरी फल्ने जमिन लगेको छ ,सयौ घर भत्कीएर केही घाईते पनि भएका छन भने , खानलाई माना छैन यस्तो बिजोक अबस्था देखिएको उहांको भनाई छ ।

नगर पालिका भित्र मात्र अरबौको क्षेति भएको छ । अब बस्न भन्दा पनि खानको समस्या बढी देखिन्छ नगरपालिकाले पिडीतलाई तत्कार समस्या समाधानको लागी राहात उपलब्ध गराउने बताईन् । नगरपालिकाको दृर्गकालिन बस्ती र विकासको लागी गुरु योजना बनाउन आबश्यक रहेको सुनारले बताईन । यस समस्याको समानधानका लागी नगर पालिकाले मात्र गर्न नसक्ने भएकोले प्रदेश र केन्द्रले सहयोग गर्नु प्रर्ने सुनारले बताईन् ।

नगरपालिकाले बाढी प्रबावित ४० घर धुरीलाई अनुगमन टोली द्वारा अस्थाई रुपमा बास र कपासको प्रबन्ध मिलाएको छ । केही दिनलाई पुग्ने गरी जीवन गुजार्नका निम्ती भाडाबर्तन, कम्बल, डस्ना, त्रिपाल आदी कुरा र बाल बच्चाका लागि लुगाफाटो समेत टोलीद्वारा बितरण गरेको छ । साथै यस क्षेत्रमा रहेका बाढी प्रबावित परिवारका लागि अनुगमनको रिपोर्ट पेश गरी कार्यपालिकाको बैठक बसाली छिट्टै सबै परिवारलाई गास, बास र कपासको उचित प्रबन्ध बनाउने तिर अगाढी बढ्ने कुरा उप प्रमुख सुनारले बताईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार