होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • १४ औं महाधिवेशन असफल नेतृत्वको बिकल्प खोज्ने बेला हो
राजनीति

१४ औं महाधिवेशन असफल नेतृत्वको बिकल्प खोज्ने बेला हो

  • नागरिक रैबार
१४ औं महाधिवेशन  असफल नेतृत्वको बिकल्प खोज्ने बेला हो

राजनितिमा नेतृत्व सफललातीरै उन्मुख हुनुपर्छ ।त्यसमा दुइमत छैन।पछिल्लो समय मुलुक ले ठूलो उपलब्धि हासिल गर्दै गर्दा हामी पराजयको फल भोगिरहेका छौ । यसको जिम्मेवारी नेतृत्वले लिनै पर्दछ। पार्टी नेतृत्वका कारण केन्द्र देखि गाउँ सम्म कांग्रेस संगठन कमजोर बन्दै गएको सर्बबिधितै छ।

देश भरी त पराजय भयौ नै बाजुरा को ९ मध्ये ६ पालिका जितेको र संगठन निकै बलियो हुदा सम्म पनि हामी ले २०७०/०७४ को दुइटा चुनाब पराजय भोगेको तितो अनुभव तमाम काँग्रेस जनहरुलाई थाहा भयकै कुरा हो। आज एउटा सचेत युवा बर्ग जो बिध्यार्थी राजनितीबाट काँग्रेसमा आफ्नो भबिस्य खोज्दै आफ्ना उच्च शिक्षाका प्रमाण सिरानीमा बन्धक बनायर निरन्तर पार्टी संगठनको लागि होमिएका युबाहरुले समिक्षा गर्ने बेला आएको छ ।

आखिर किन गलत लाई गलत भन्न सक्दैनौ हामीहरु मेरो प्रस्न यहाँ नेर होकि बाजुरामा २/२ चुनाब हामिले काँग्रेस कार्यकर्ता संगठन कमजोर भएर पराजय भयनौ ! पराजय यसकाण भयौ कि नेताहरुको आफ्नो क्षणिक स्वार्थमा निहित हुँदा आज संगठन धरापमा परेको जग जायर छ। केन्द्र नेतृत्वले उचित ब्यक्ती लाई टिकट नदिदा जिल्लाका काँग्रेस भातृ संघठन शिक्षक संघ ,निजामती संघ,नेबिसंघ महिला सँघ र तरुण दलको नेतृत्व पनि यस्को प्रत्यक्ष भागेदार हुन ।

विज्ञापन

बाजुरामा अहिलेको नेतृत्व विभिन्न कोणबाट असफल सिद्ध भैसकेको छ । अब नेतृत्व परिबर्तनको बिकल्प छैन जसको लागि संगठनमा निरन्तर त्याग तपस्या गरेका निस्ठाको राजनिती गरेका रुखलाई रोप्ने र हुर्काउने क्षमता राखेका पदलाई भन्दा संगठनको चिन्ता राख्ने अनुहार पार्टीमा छ्न । हामी युबाहरुले तेस्तो ब्यक्ती लाई अब आउने १४ औ अधिबेशनमा छान्न सकेउ भने मात्र पार्टी नवजीवन रुपान्तरित र हामी संगठनको लागि निरन्तर लागिरहेको युबाहरुको उचित सम्मान हुनेछ र फेरि बाजुरा काँग्रेसको झन्डा फहराउने छ ।

हामीले कुनै गुट उपगुट परिवारवादमा बिभाजित नभययर सहमतिको आधारमा असफल नेतृत्व चुन्ने कि असल नेतृत्व चुन्ने जिम्मा पनि हाम्रो हातमा छ । पछिल्लो समय काँग्रेस संगठन बाजुरामा बलियो बन्दै गएको छ ।

हिजो अस्ति मात्रै त्रिवेणीमा करिब ३०० घरपरिवार बरिस्ठ नेता रामसिंह रावलले प्रबेश गराउनु भएको छ। राजनितिमा यहाँ नेर मैले एउटा सानो कुरा जोड्न चाहे संगठनको निम्ति लामो समय आफ्नो ज्यान दिएर लागिपरेका सक्षमलाई बारम्बार पार्टीले धोका दिएको छ।

राम्रा भन्दा हाम्रा लाई च्यापेर टिके प्रथाले संगठ्न मजबुद बन्दैन नकि बिरासत ले नै संगठन बलियो बनाउन त पार्टी प्रतिको लगाब संगै कार्यकर्ता संग भिज्न सक्नुपर्छ । अब को नेतृत्वले नेपाली कांग्रेसका नेता स्व . बीपि कोइरालाले तत्कालीन समय भन्नुभएको प्रतेक परिवार संग एक हल गोरु , एक माउ दुहुनो गाई र सानो परिवारलाई खान पुग्ने खेतबारी होस भन्ने बिपिको समाजवादलाई आत्मसात गर्दै जनताको सवालमा आधारभुत आबस्यक्ता शिक्षा ,स्वास्थ्य, खानेपानी , रोजगारीलाई मुल एजेन्डासंगै सबै युवाहरुलाई मिलाएर लाने, संगठन बलियो बनाउने तागत राख्ने नेतृत्व हुनुपर्दछ ।

लंका जित्ने हनुमान पगरी पाउने गुनुकाे अवस्था जब सम्म बाजुरा कांग्रेसमा रहन्छ तब सम्म वामहरू संग प्रतिस्पर्धा गर्न गाराे छ। कामकाे मुल्यांकन गरी वाम संग खराे उत्रिने नेतृत्व नै बाजुरा कांग्रेसकको आजको आबश्यक्ता हो।

लेखक समीर थापा नेबिसंघका नेता हुन्। हाल उनी काठमाण्डाैमा छन्। 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार