होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • सशस्त्र
  • ‘फ्रन्टलाइन’ का सुरक्षाकर्मीलाइ काँधमा जिम्मेवारी मनमा त्रास
सशस्त्र

‘फ्रन्टलाइन’ का सुरक्षाकर्मीलाइ काँधमा जिम्मेवारी मनमा त्रास

  • नागरिक रैबार
‘फ्रन्टलाइन’ का सुरक्षाकर्मीलाइ काँधमा जिम्मेवारी मनमा त्रास

काठमाडौं ‌१४ भदाै। मुलुकका सबै क्षेत्रमा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमित थपिने क्रम जारी छ । कोरोनाविरुद्धको लडाईँमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालक पनि संक्रमणको सिकार भइरहेका छन् ।

पछिल्लो समय ‘फ्रन्टलाइन’ का सुरक्षाकर्मी अर्थात् नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना संक्रमणको दर उकालो लागेको छ । बुधबारसम्म नेपाल प्रहरी र सशस्त्रमा गरि १७ सय बढी सुरक्षाकर्मी संक्रमित भइसकेका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार नेपाल प्रहरीसँग संयुक्त र कतिपय स्थानमा एकल रुपमा सशस्त्र प्रहरीको टोली खटिएको छ । अहिले मुख्य रुपमा सीमामा निगरानी बढाइएको छ ।

यसबाहेक विभिन्न क्षेत्रमा भइरहेका निषेधाज्ञा कार्यान्वयन गराउन पनि दुवै सुरक्षा निकाय सक्रिय छन् । तर अग्रभागमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढ्दै जानुले थप चिन्ता पनि बढाएको छ । प्रत्यक्ष जनतासँग जोडिएर काम गर्नुपर्ने भएकाले कोरोना जोखिम बढ्दै गएको अर्याल बताउँछन् । उनका अनुसार फिल्डमा खटिनेलाई उपलब्ध भएसम्म स्वास्थ्यसामग्री र ड्युटीबाट फर्केपछि स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिइएको छ । यसबाहेक सशस्त्र प्रहरीले देशभरका युनिटलाई ग्रिन, एलो र रेड जोन कक्ष बनाउन भनेको छ ।

विज्ञापन

अर्यालले भने, “ग्रिन जोनमा संक्रमित नभएकाहरु, बाहिर नगएकाहरु, पीसीआर नेगेटिभ पाइएकाहरु रहन्छन् भने जो फिल्डमा जानुपर्छ, बिदा, अस्पताललगायतबाट फर्किएकाहरु एलो जोन अर्थात क्वारेन्टिन र संक्रमितहरु रेड जोन (आइसोलेसन)मा बस्नेछन् ।”

अहिले २९ हजार सशस्त्र प्रहरी कोभिड–१९ को न्यूनिकरणका लागि ड्युटीमा खटिएका छन् । प्रवक्ता अर्यालले भने,“समुदायमै संक्रमण भइसकेको अवस्थामा हामी अछुतो रहने अवस्था आउँदैन । राज्यले दिएको हरेक जिम्मेवारी हामी बहन गर्छौँ । यस्तोमा जनताको पनि सकारात्मक साथ सहयोग चाहिन्छ । कोरोनाविरुद्धको लडाईँ साझा हो भन्ने बुझिदिनुपर्छ ।”

नेपाल प्रहरी र सशस्त्र दुवैले अत्यावश्यक कामबाहेक कार्यालय र कार्यक्षेत्रबाट अन्यत्र नजान निर्देशन समेत दिएका छन् । फिल्डमा खटिएका जनशक्तिहरुलाई सुरक्षाजाँचलगायतमा भौतिक दुरी कायम, मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार देशभर कोभिडविरुद्धको अभियानमा ४८ हजार बढी प्रहरी परिचालित छन् ।

एसएसपी कडायत अहिले नै कोरोना जोखिमका कारण जनशक्ति परिचालनमा समस्या नभएको बताउँछन् । प्रहरीमा सबैभन्दा बढी जोखिम काठमाडौं उपत्यकामै देखिएको छ । शान्ति सुरक्षा, अपराध नियन्त्रणलगायतका काममा सक्रिय रहदा जनतासँग प्रत्यक्ष जोडिने भएकाले प्रहरीमा संक्रमण बढेको अधिकारीहरु बताउँछन् ।

विभिन्न युनिटका प्रहरीमा कोरोना देखिएपछि संक्रमण देखिएकालाई उपचारमा पठाउने र अन्यको परीक्षण प्रहरीभित्र हुँदै आएको छ । फिल्डमा आवश्यकताअनुसार मात्रै जनशक्ति खटाइएको छ भने ब्यारेकमा बस्दा पनि स्वास्थ्य सावधानी अपनाउन निर्देशन दिइएको छ । कोरोनाको जोखिमबीच कार्यक्षेत्रमा जिम्मेवारीका साथ प्रहरी खटिए पनि उनीहरुको मनमा भने त्रास देखिन्छ ।

एक अधिकारी भन्छन्,“फिल्डमा जाँच गर्दा, अभियुक्त पक्राउ गर्दा, भीड नियन्त्रणमा जाँदा कसलाई कोरोना छ जानकारी हुने कुरा भएन । शान्ति सुरक्षामा खटिँदा सबै अवस्थामा सावधानी अपनाउन सम्भव हुँदैन । त्यसैले काँधमा जिम्मेवारी भए पनि मनमा त्रास भने कायमै छ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार