होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार आज मनसुनको न्यून […]
नेकपा एमालेको आठौं महाधिवेशन २०६५ सालमा बुटवलमा भएको थियो । त्यो महाधिवेशनमा एमाले नेता भीम रावल सचिवका उम्मेदवार बनेका थिए । तर, रावलले सचिवमा हारेपछि केन्द्रीय सदस्य पदको सपथ ग्रहणसमेत बहिस्कार गरे । जतिबेला मुलुकमा जातीय पार्टी बनाउने माहोल चलेको थियो, त्यसबेला रावल पनि क्षेत्री पार्टी बनाउने भनेर लागि परे । त्यसक्रममा उनले पोखरा पुगेर […]
नागरिक रैबार/बाजुरा ४ साउन । नेपाली काँग्रेसको १४ आँै राष्ट्रिय महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशन नजिकीदै गर्दा बाजुरामा निकै माहोल तातिएको छ । नेपाली काँग्रेसका गाउँदेखि जिल्ला स्तरीय नेता तथा कार्यकर्ता गणितीय हिसाव कितावमा व्यस्त भईरहेका छन् । यतिबेला केन्द्रदेखि बाजुरासम्म देउवा प्यानलको हालिमुहाली भने निकै सरगर्मीका साथ अघि बढी रहेको पाईएको छ । यस […]
नागरिक रैबार/बाजुरा ४ साउन। नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा काँग्रेसका नेता तथा कार्यकताहरुको माहोल पनि तातेको छ । अधिवेशन नजिकिएसंगै काँग्रेसका नेता तथा कार्यकर्ताहरु जिल्ला दौडाहमा आफ्नो पक्षमा मत माग्न पुगेका छन् । जिल्लामा यस पटकको अधिवेशनमा युवाको नेतृत्व हुने गरी कार्यसमितिका सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश […]
नागरिक रैबार/बाजुरा ४ साउन। जिल्लाको हिमाली गाउँपालिका १ की एकजना गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकि वडा नम्बर १ कि ३५ बर्षिया पदमकला थापालाई सोमबार हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेतमा लगिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् । आफन्तहरुले पदमकलालाई ब्यथा लाग्ने बित्तिकै गाउँकै बिच्छँया स्वास्थ्य चौकी थिए […]
४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए । ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन […]
नागरिक रैबार/बाजुरा ४ साउन । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ विकास बजेट पाउनेमा भाग्यमानी देखिएको छ । बाजुराका गाउँपालिका तथा नगरपालिकामा आउने बजेट बडिमालिकाको सिंगो ७ नम्बर वडामा मात्रै आएको हो । वडामा अहिले संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न संघ–संस्थाबाट गरी आर्थिक वर्षमा २४ करोड रुपैयाँ बढी विकास बजेट छ । संघ, प्रदेश […]
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने छ । एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै […]
काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई खलनायक र विदूषकको संज्ञा दिएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा उनको पक्षमा उभिएका एमाले नेताहरुलाई पोखरेलले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ […]
नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका […]
३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका हुन् । पछिल्लोपटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे संसद भवनमा बस्ने छ । प्रतिनिधिसभा […]
३ साउन काठमाडौं । लामो अनौपचारिक सम्वाद र कार्यदल स्तरमा एक साता म्याराथन छलफल गरेर पार्टी एकताका लागि गरेको १०बुँदे सहमति संकटमा परेपछि नेकपा एमालेका दोस्रो तहका नेताहरुको दौडधुप सुरु भएको छ । शनिबार बिहान सिंहदरबारमा अनौपचारिक छलफलमा जुटेका नेताहरु साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । आइतबार वरिष्ठ […]
आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन बोलाउने सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त मन्त्रीपरिषद् हेरफेर सम्बन्धी पत्र पढेर सुनाउने अर्को संभावित कार्यसूची राखिएको छ । राष्ट्रिय सभा बैठकको थप कार्यसुची […]
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै छ । आइतबार विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार […]
नागरिक रैबार/बाजुरा २ साउन । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ को वडा कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा वडामा भए गरेका कामहरुको बार्षिक प्रगति समिक्षा कार्याक्रम गरेको छ । वडापालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखा जोखा सार्वजनिक गरेको हो । वडाबाट संचालन गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले […]
काठमाडौं । नेकपा एमाले दोस्रो तहका नेताहरु पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ । विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, […]
काठमाडौं, २ साउन । नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर समूह एउटै कित्तामा उभिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछिको परिवर्तित राजनीतिक अवस्थामा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच सहकार्य हुने भएको हो । यसअघि जसपाको ठाकुर पक्ष ओली सरकारमा सहभागी समेत भएको थियो […]
नागरिक रैबार/बाजुरा २ साउन । बाजुरामा मुद्दा दर्ता गर्ने क्रम बढ्दो क्रममा रहेको पाइएको छ। जिल्ला अदालत बाजुराको तथ्याङ्कअनुसार गत १० वर्षको अवधिमा आर्थिक वर्ष ०७७/०७८ मा सबैभन्दा बढी मुद्दा दर्ता भएका पाइएको हो। आर्थिक वर्ष ०६७/०६८ मा ३३ मुद्दा, ०६८/०६९ मा ४३ मुद्दा, ०६९/०७० मा ४६ मुद्दा, ०७०/०७१ मा ५७ मुद्दा ०७१/०७२ मा ४९ […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुरा जिल्ला अदातलका न्यायधिस माधप प्रसाद घिमिरेले बाजुरामा बाल विवाह र मदिरा सेवनकै कारण देखिएका मुद्दाको संख्या धेरै रहेको बताएका छन् । सामाजिक सम्बन्ध र संस्कारसँग जोडिएका सम्बन्ध विच्छेद र जबजरजस्ती करणकी मुद्दा बढी आएकोमा न्यायधिस घिमिरेले चिन्ता व्यक्त गर्नु भएको छ । सानै उमेरमा प्रेम विहे गरेका, सन्तान जन्मीसकेका सामान्य […]
१ साउन, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन: सुचारु भएको जनाएको छ । आयोगले शुक्रबार विज्ञप्ता जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७८-०३-२८ […]