होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बिहान ११ बजे सुरू हुनेछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी तय भएको बैठक स्थगित भएको थियो । बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ । […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। स्थानीय स्तरमा मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम मार्तडीमा सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना तथा जिआइजेड, सिडिएसजी र आइडिजिको आर्थिक तथा प्राविधिक सहायेगमा कार्तिक २९ गतेबाट संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो । बडीमालिका नगरपालिकाको सभा हलमा ८ दिनसम्म संचालन भएको आधारभुत तालिमका सहभागिहरुलाई सिडिएसजीका बावुराम पौडेल […]
नागरिक रैबार बाजुरा ६ मंसिर खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले बाजुरामा साविककै मुल्यमा चामल विक्रि गर्ने भएकाे छ । दशैतिहारलाई लक्षित गरेर सहुलिएत दरमा विक्री गरेकाे खाद्य संस्थानले आजबाट लागू हुने गरि प्रति केजि चामल ४५ रूपैयाँमा विक्रि वितरण गर्ने बताएको छ । यस अघि दशै तिहारमा प्रति कुईन्टल चामलकाे मुल्यमा ५ सय छुट […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएको भन्दै बाजुराका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् । सोमबार बाजुराका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मार्तडीमा रहेको बिद्युत अनियमित भएको र नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रको लाईन बिस्तारमा ढिलाई भएको भन्दै जिल्ला […]
एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ । उपाध्यक्ष […]
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ […]
नागरिक रैबार बाजुरा ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रणमा सक्रियता बढाएकाे छ । मंसिर १ गतेदेखि बाजुराकाे प्रहरी प्रमुख सम्हाल्ने गरि नयाँ डिएसपी चतुर्भुज ओझा आएपछि प्रहरीले मदिरा नियन्त्रणमा सक्रियता बढाएकाे हाे । आईतबार साँझ प्रहरीले सदरमुकाम मार्तडीका २३ वटा हाेटल तथा पशलहरूबाट ५ सय ६५ लिटर अवै घरेलु मदिरा बरामद गरि […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. ९ ले आयोजना गरेको पैठमेला फुटवल कपको उपाधि बाजुरा जिल्लाले हात पारेको छ । आईतबार सम्पन्न भएको फाईनल खेलमा एलजि वाईसी क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै बाजुरा जिल्लाले खेलको उपाधि जितेको हो । प्रतियोगिता मंसिर १ गतेबाट कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए । तर […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। नेकपा (माओवादी केन्द्र) बाजुराले २७ वटा वडामा सम्मेलन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्र बाजुराले बाजुराका २७ वडामा नयाँ नेतृत्व चयन गरेको नेकपा (माओवादी केन्द्र) बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् । उहाँका अनुसार ६९ मध्ये २७ वडामा सम्मेलन सकिएको र बाँकी वडामा सम्मेलन जारी रहेको छ । […]
एमाले अध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको […]
नेपाल पत्रकार महासंघले महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन उद्घाटन भएकाे एक हप्ता पछि सम्पन्न भएकाे छ । कार्तिक २६ गते सूरू भएकाे सहकारीकाे विसाैं वार्षिक साधारणसभा तथा साताैं अधिवेशन हप्तादिन पछि आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे हाे । आज सम्पन्न भएकाे सहकारीकाे साताै अधिवेशनबाट […]
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका छन् । उनले जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्ने समेत बताएका छन् । नेता नेपालले आइतबार बिहान ६ विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै […]
नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी […]
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही […]
नागरिक रैबार बाजुरा ४ मंसिर जिल्लाकाे बुढीगंगा नगरपालिकाकाे वडा नम्बर ९ स्थित जुवापानीमा रहेकाे दुधिर आधारभुत विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे छ । बडीमालिका मिडिया हाउसकाे पहल तथा राईजिङ नेपालकाे आर्थिक सहयाेगमा उक्त विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे हाे । शुक्रबार एक कार्यक्रममका विच विद्यालयमा रहेका गरिव तथा जेहेन्दार […]
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्नुपर्ने भन्दै जिल्ला सदरमुकाममा रहेका ४ विद्यालयलाई ३ दिन पठनपाठन बन्द गर्न पत्राचार गरेको छ। नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई जिल्ला अधिवेशनका लागि विद्यालयमा विदा गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको […]
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए । बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए […]
काठमाडौं । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान […]