होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराकाे बन्दशत्र भाेली १ बजे गर्ने गरि स्थगित
समाचार

एमाले बाजुराकाे बन्दशत्र भाेली १ बजे गर्ने गरि स्थगित

  • नागरिक रैबार
एमाले बाजुराकाे बन्दशत्र भाेली १ बजे गर्ने गरि स्थगित

नागरिक रैबार/ बाजुरा २५ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र सूरु भएकाे १ घण्टापछि फेरि स्थगित गरिएकाे छ ।
गत शुक्रबार उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र प्रतिकुल माैषमका कारण ३ दिनदिनपछि अहिले साँझ साढे पाँच बजेपछि मार्तडीमा सूरू भएकाे थियाे ।
यस अघि प्रतिकुल मौषमका कारण बन्द शत्रको कार्यक्रम सुरु हुन सकेकाे थिएन । आज साँझबाट माैषममा सुधार भएपछि बन्दशत्रकाे कार्यक्रम ढिला गरि सुरू भएकाेले अँध्यारो भएपछि भाेलि १ बजेसम्मका लागि बन्दशत्रकाे कार्यक्रम स्थगित गरिएको एमाले बाजुराले जनाएको छ ।
बन्द शत्रकाे कार्यक्रम जिल्ला खेलकुद विकास समितिकाे कवर्डहलमा सुरू भएकाे थियाे । बन्द शत्रमा एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह लगायतका नेताहरू सहभागी भएका थिए ।भने अधिवेशनमा जिल्ला भरबाट ४ सय ६३ जना एमालेका प्रतिनिधिहरु सहभागी छन् ।
बन्द शत्रमा राजनीतिक प्रतिवेदन अध्यक्ष कालीबहादुर शाहीले प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार