होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाको दशौं नगरसभा १० वटा विधेयक पारित गर्दै सम्पन्न
समाचार

बडीमालिकाको दशौं नगरसभा १० वटा विधेयक पारित गर्दै सम्पन्न

  • नागरिक रैबार
बडीमालिकाको दशौं नगरसभा १० वटा विधेयक पारित गर्दै सम्पन्न

नागरिक रैबार
बाजुरा २८ पुस
बडीमालिका नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको १० औं नगरसभाबाट १० वटा विधयेक पारित गर्दै नगर सभा सम्पन्न गरेको हो ।
सभामा पेश भएका विधयेकहरु स्थानीय स्वास्थ्य सेवा विधयेक, स्थानीय तथ्याकं तथा अभिलेख व्यवस्थापन विधेयक, स्थानीय पुर्वाधार विकास तथा व्यवस्थापन विधेयक, स्थानीय बजार व्यवस्थापन विधेयक, स्थानीय वन विधेयक, बडीमालिका नगरपालिकाको फोहरमैला व्यवस्थापन विधेयक, स्थानीय संस्था दर्ता, सार्वजनिक निजी साझेदारी सम्वन्धि विधेयक र खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धि विधेयक २०७८ गरी १० वटा विधेयक पारित गर्दै दशौं नगरसभा सम्पन्न गरिएको हो ।
सभामा पेश भएका कार्यविधि निणर्यार्थ र दशौं नगरसभामा पेश हुने विधेयकहरु छलफलका लागि बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले प्रस्तुत गरेका थिए । त्यस्तै सभामा नगर उपप्रमुख कविता विष्टले नवौं नगरसभा पश्चात नगरपालिकाबाट भएको खर्चको अनुमोदन गरेकी थिईन् ।

नगरप्रमुख पदम बडुवालको अध्यक्ष्तामा संचालन भएको दशौं नगरसभामा नगर उपप्रमुख कविता विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक लगायत ९ वटै वडाका वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार