होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराकाे अध्यक्षका लागी दुई जनाको उम्मेद्धारी दर्ता
समाचार

एमाले बाजुराकाे अध्यक्षका लागी दुई जनाको उम्मेद्धारी दर्ता

  • नागरिक रैबार
एमाले बाजुराकाे अध्यक्षका लागी दुई जनाको उम्मेद्धारी दर्ता

नागरिक रैबार बाजुरा २७ पुस ।नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ ।
एमालेको सातौं जिल्ला अधिवेशनमा बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डले घोषणा गरेको जिल्ला कमिटीको नेतृत्व र सल्लाकार समिति प्रस्ताव गरेपछि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दिलिप शाहीले  जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि अध्यक्ष मण्डलले प्रस्ताव गरेका कालीबहादुर शाही र एमाले नेता लालबहादुर ओलीले उम्मेदवारीको मनोनयन दर्ता गराएको बताए ।

अधिवेशनको बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डलका संयोजक तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले प्रस्ताव गरेको अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका हुन् । भने अन्य पदमा कसैले पनि मनोनयन दर्ता नगराएको मूख्य निर्वाचन अधिृकत शाहीले बताएका छन् ।

मंगलबार भएको पार्टीको निर्वाचनको प्रक्रियमामा मनोनय दर्ताका लागि पराम लिन गएकाहरुलाई अध्यक्ष मंडलका अध्यक्ष कर्णबहादुर थापाको निर्देशनमा निर्वाचन अधिकृत दिलीप शाही मनोनयन फारम नदिएको बताइएको छ ।
जिल्ला कमिटीको अन्य पदहरुमा पनि उम्मेदवारी दर्ता गराउनका लागि गएका नेताहरुलाई अध्यक्ष मण्डका कर्ण थापा, सदस्इ लालबहादुर थापा,प्रकाश शाह,सहदेव बोगटी र दयालबहादुर शाहीको ठाडो निर्देशनमा निर्वाचन अधिकृत शाहीले मनोनयन फारम नदिएको नेताहरुले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार