होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी ‘बा’ स्पोर्टस क्लब बाजुराद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन–पत्र
समाचार

केपी ‘बा’ स्पोर्टस क्लब बाजुराद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन–पत्र

  • नागरिक रैबार
केपी ‘बा’ स्पोर्टस क्लब बाजुराद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन–पत्र

नागरिक रैबार/बाजुरा ३० पुस । केपी ‘बा’ स्पोर्टस क्लब बाजुराद्धारा ज्ञापन–पत्र बुझाएको छ । नेपाल सरकार मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत केपी ‘बा’ स्पोर्टस क्लब बाजुराले ज्ञापन–पत्र बुझाइएको हो । नेपालको भुमीमा भारतिय हस्तक्षेप भइरहदा बर्तमान गठबन्धन सरकारले भने कुनै चासो नदेखाएर मौन बसेको भन्दै केपी बा स्पोर्टस क्लबले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत मन्त्री परिषद्लाई पत्र बुझाएको क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताए ।

May be an image of 4 people, people sitting, people standing and indoor

लिपुलेख , कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम हुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको पुस १५ गते नेपाली भुभाग लिपुलेखमा सडक विस्तार गर्ने घोषणनै गरिसकेको छ । तर नेपाल सरकारको त्यस तर्फ ध्यानाकर्षण नगएकाले मन्त्री परिषद् कार्यालय सिंहदरवार काठमाडौंलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष रोकायाले बताएका छन् ।

विज्ञापन

May be an image of 10 people, people standing and people sitting

भारत र चिनबिच लिपुलेखलाई व्यापारिक केन्द्र बनाउने सहमतिबारे नेपालले जानकारी माग गर्दै कूटनितिक नोट पठाएको थियो । त्यसको समेत भारतबाट व्यवास्था गरिएको छ ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । भुगोलको आकारमा साना छौं , जनसंख्या कम छ , यसो भन्दैमा राष्ट्रियता , स्वाधिनता र सार्वभौम अधिकारमा कमजोर र निरही छैनौं क्लबका अध्यक्ष लक्ष्मण रोकायाले हस्ताक्षर गर्नुभएको ज्ञापन–पत्रमा भनिएको छ ।

May be an image of 5 people, people sitting, people standing and indoor

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार