होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले जिल्ला कमिटी बाजुरामा दलित महिलालाई ठाउँ नै साँगुरो
समाचार

नेकपा एमाले जिल्ला कमिटी बाजुरामा दलित महिलालाई ठाउँ नै साँगुरो

  • नागरिक रैबार
नेकपा एमाले जिल्ला कमिटी बाजुरामा दलित महिलालाई ठाउँ नै साँगुरो

कमला चदारा
पौष २६ बाजुरा ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँँ जिल्ला अधिवेशनको बन्दसत्र मार्तडीमा चलिरहेका बेला निर्वाचन कमिटीले जारी गरेको सूचना पत्रानुसार दलित महिलाका लागि ठाउँ नै साँगुरो भएको पाईएको छ ।
एमाले जिल्ला कमिटी बाजुराको जम्मा ९० जनाको निर्वाचन हुने पद, निर्वाचन क्षेत्र र पद संख्या सम्बन्धी सार्वजनिक भएको पत्रको आधारमा साँगठानिक संरचना हेर्दा ६१ जना पुरुष र २९ जना महिला निर्वाचित हुने छन् । २९ जना महिलामा जम्मा १ जना दलित महिलाको सिट देखिन्छ ।

प्रत्येक भुगोलबाट १, १ जना दलितको प्रतिनिधित्व हुने गरी ९ जना दलित समुदायका प्रतिनिधीलाई एमाले बाजुरा जिल्ला कमिटीमा अटाउने गरी निर्वाचित गर्ने देखिन्छ ।
त्यस्तै सदस्य समावेशी क्षेत्रमा ६ जनामा ३ जना दलित सदस्यमा जम्मा १ जना दलित महिलाको प्रतिनिधित्व हुने भएको छ । अर्कोतिर २ जना जनजातिमा महिला भन्ने शब्द नै उल्लेख छैन् । अल्पसंङ्ख्यक समुदायबाट भने १ जनालाई सिट सुरक्षित छ ।

विज्ञापन

३६ जना सदस्य भौगालिक क्षेत्रमा निर्वाचित हुने भनिएकोमा जम्मा १८ महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । ९ जना दलित छुट्याएमा २७ जना अन्यका लागि सिट सुरक्षित रहेको पाईन्छ । यसो हेर्दा प्रत्येक पालिकाबाट २ महिला र १ जना दलित सदस्य छुट्याएको देखिन्छ । ९ वटै पालिकाबाट अन्य ३, ३ जनालाई जिल्ला कमिटीमा समेट्दा ५४ जना निर्वाचित हुने भएका छन् ।

पुरै जिल्ला कमिटीमा ५ जना पदाधिकारी रहने एमालेको विधानमा व्यवस्था छ । जसमा १ जना अध्यक्ष १ जना उपाध्यक्ष १ सचिव र २ जना उपसचिव रहने निर्वाचन कमिटीले पत्रमार्फत जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत दिलिप कुमार शाहीद्धारा हस्ताक्षेरित पत्रानुसार सदस्य -खुलातर्फ २५जनामा १० महिला र १५ जना पुरुष सदस्य हुनेछन् ।

पुरै ९० जनाको जिल्ला कमिटी बन्दा २९ जना महिलाको संख्यालाई नियाल्दा २६ प्रतिशत मात्र हुन आउँछ भने दलितको संख्या जम्मा १२ जनालाई हेर्दा कुल १० प्रतिशत मात्र हुने देखिन्छ । जसमा दलित महिलालाई नगन्य अवस्थामा राखेको छ ।
नेपालको संविधान अनुसार दलित महिलालाई समानुपातिक तरिकाले बन्ने हरेक कमिटीमा राख्ने प्राब्धानछ । एमाले पार्टीले भने दलित महिलालाई कुनै वास्था नगेरको दलित महिला प्रतितिनिधिहरु बताउँछन् ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार