होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राष्ट्रिय दलित आयोगले ‘एक विद्यालय, एक दलित शिक्षक कार्यान्वयन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ । आयोगले सरकारले ल्याउने नीति तथा कार्यक्रममा त्यस्तो व्यवस्था गर्नेगरी कार्यान्वयन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । आयोगले दलित समुदायलाई पेशा व्यवसाय संचालनका लागि सहुलियत ऋण, परम्परागत पेशाको संरक्षण एवं शैक्षिक विकासका […]
नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले पार्टीका विभिन्न २४ वटा विभागहरुको गठन गरेकाे छ । पार्टीकाे विधान बमाेजिम विभिन्न २४ वटा विभागहरु गठन गरि नेताहरुलाई जिम्मेवारी तोकेको निर्णय बुधबार पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । माघ २५ गते […]
नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रचार विभागको जिम्मेवारी युवा नेता काँशी विकलाई दिएको छ । नेकपा एमाले बाजुराको माघ २५ गते बसेको पदाधिकारीको बैठकले नेताहरुको कार्यविभाजन गर्दै पार्टीको कार्यालय सचिव समेत रहेका नेता विकलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।
नागरिक रैबार बाजुरा २६ माघ। बाजुरा जिल्लामा ठगि धन्दा गरेको आरोपमा ३ जनालाई कारागार चलान गरेको छ । कारागार चलान हुनेमा बामदेव बोहरा, नितेश कामी र दिपक बहादुर बुढालाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मछिन्द्र बहादुर शाहीले दिएको जाहेरीका आधारमा ठगी मुद्धामा थुनचेक गर्दा उनिहरुले धरौटी तिर्न नसकेपछि जिल्ला कारागार […]
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा दलित समुदायले आफ्नो प्रतिनिधित्व बढाउन चुनाव केन्द्रित बहस र छलफल थालेको छ । दलित समुदाय अबको निर्वाचनमा आफ्नो समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन र जिताउने योजनामा जुटेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिमा दलित र महिलाको प्रतिनिधित्व कसरी बढाउने भन्ने विषयमा दलित […]
नागरिक रैबार बाजुरा २५ माघ नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको दोस्रो पुर्ण बैठक काेल्टीमा बस्ने भएकाे छ । नेकपा एमाले बाजुराका सचिव भरत थापाका अनुसार पार्टीको दाेस्राे पूर्ण बैठक आगामी फागुन ५ गते काेल्टीमा बस्ने भएकाे हाे । बैठकमा जिल्ला कमिटीका सदस्य, पदेन जिल्ला कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकाे छ । […]
नागरिक रैबार/बाजुरा २५ माघ । नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ । दुईसाता अघि नेविसंघ बाजुरा क्याम्पस ईकाइले बिभिन्न चार बुदे माग राख्दै बाजुरा क्याम्पसका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । . दुईसाता अघि बुझाएको ज्ञापनपत्र मार्फत माग गरिएको कुरालाई अहिलेसम्म पनि सुनुवाई नगरेपछि नेबिसंघ बाजुरा क्याम्पस इकाई क्याम्पसमा ताला […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको हिमाली गाउँपालिकाले पालिका भित्र रहेका सवै विद्यालयलाई धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाएको छ ।गाउँपालिका भित्रका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यतालाई मध्येनजर गरेर धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ३ चोलुका शंकलाल बिष्टका छोरा अन्दाजी १५ बर्षिया सुरेन्द्र बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन् । प्रहरी निरीक्षक साउँदका अनुसार हिजो दिउसो गाउँ नजिकै छाप्रा डोरा सामुदायीक बनमा […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुराकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता भएकी छन्। बाजुरा घर भई हाल भारतको महाराष्ट्र मुम्बईको नबि मुम्बई उल्बेमा बस्दै आएका महेन्द्र रावतकी १९ बर्षिया श्रीमती तारा शाही ९ महिनाकी छोरीसहित बेपत्ता भएकी हुन । माघ २२ गते साझबाट श्रीमानसंगको सामान्य विवादपछि निस्किएकी ती महिलाको अवस्था अझै अज्ञात […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ। आइतबार जिल्लाको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउदको रुखले च्यापिएर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा मृत्यु भएको हो। रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् । मन्त्रीको कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार […]
काठमाडौं । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र […]
नागरिक रैबार बाजुरा २४ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय […]
स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ । माघ १९ मा बसेको […]
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न बिलम्ब गरेको छ । स्थानीय तहको निर्वाचन जेठ ४ मा एकै चरणमा चुनाव गर्न माघ १९ गते सरकार र निर्वाचन आयोगबीच सहमति जुटेको थियो । तर, आयोगले दोस्रोपटक प्रस्ताव गरेको मिति पाँच दिन बितिसक्दा समेत सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । त्यसअघि आयोगले पुस ९ […]
काठमाडौँ — एमसीसी मुद्दामा एकअर्कामाथि लगातार दबाब बनाउने रणनीति लिएर दाउपेचको राजनीति गरिरहेका प्रमुख तीन दलबीच संवादको थालनी भएको छ । आइतबार केही समयको अन्तरालमा सार्वजनिक भएका दुई पत्रले गठबन्धनमा रहेका दलहरूबीच थप अविश्वास पैदा भएको छ भने एमसीसी र संसद् अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षीसँग नयाँ चरणबाट वार्ता सुरु भएको छ । दलहरूबीचकै सहमतिमा एमसीसी संसद्मा […]
काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् । यसअघि नै सरकारले विद्यालयहरुलाई […]
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् । त्यसअघि […]
नागरिक रैबार बाजुरा २३ माघ। जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्काबजार नजिकै मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम घर भई बाम्का बजारमा व्यापार गर्दै आएका बलबहादुर सुनार रहेका छन् । सुनारकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको […]