होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार। जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी […]
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले एसइई परीक्षाको सबै तयारी सकिएको जानकारी दिएका हुन्। यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। ‘एसइई परीक्षाको तयारी लगभग सकिएको छ,’महाशाखा प्रमुख अर्यालले भने। राष्ट्रिय परीक्षा बोर्ड […]
बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । अपराह्न ४ बजेर ५७ मिनेटमा गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो ।
काठमाडौँः अन्ततः सत्ता गठबन्धन भत्किएको छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो। आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो। कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। […]
डडेल्धुराः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउँने भएका छन्।एमाले डडेल्धुरा जिल्लाको ९औँ अधिवेशनको उद्धघाटनका लागि ओली डडेल्धुरा आउन लागेका हुन्। नेकपा एमालेको जिल्ला अधिवेशन जोगबुडाको परशुराम नगरपालिकामा पाल्गुन ३० गते हुने भएको छ। सोमवार अधिवेशन लोगो सार्वजनिक गर्दै नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९औँ अधिवेशन परशुराम नगरपालिका १२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी […]
नागरिक रैबार। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मगलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित […]
काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सलामिसहित अन्त्येष्टि गरिएको छ ।पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो ।पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाकाे बुढीनन्दा नगरपालिका- ७ स्थित कारकेलामा निर्माण गरिएको नेपाल टेलिकमकाे टावर अज्ञात समूहले ताेडफाेड गरेकाे पाईएकाे छ । साविकको पाण्डुसैन गाविसका नागरिकलाई टेलिफोनकाे सहज पहुँचमा ल्याउने गरि निर्माण गरिएको नेपाल टेलिकमको टावर आईतबार राति अज्ञात समुहले तोडफोड गरेकाे नगरप्रमुख जनक कुमार बाेहराले बताएका छन् । आइतबार राति बुढीनन्दा नगरपालिका-७ कारकेलाको ढाडनौलामा […]
नागरिक रैबार/बाजुरा १५ माघ। जिल्लाकाे जगन्नाथ गाउँपालिकाले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद सहित पुरस्कृत गर्ने भएकाे छ । हिजाे पालिकामा बसेको गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ […]
काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ […]
नागरिक रैबार/बाजुरा १५ पुस। जिल्ला अस्पताल बाजुराले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै चौथो र पाँचौ तहका करारमा कर्मचारी माग गरेको हो । जिल्ला अस्पतालले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विभिन्न पदका ९ जना स्वास्थ्यकर्मीकाे माग गरेकाे जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर […]
नागरिक रैबार/बाजुरा ५ पुस।बडीमालिका नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका माविले जितेको छ । विहिबार सम्पन्न प्रतियोगितामा ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक जितेर सदरमुकाम मार्तडीमा रहेको मालिका माविले यसपटक पनि प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक प्राप्त […]
काठमाडौं । २७ मंसिरमा बाराको सिम्रौनगढ नगरपालिकामा रञ्जित अधिकारी प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुन पुग्दा भएको झडपमा एक जनाको ज्यान गयो । मेयर किशोरी साह कलवारले उपराष्ट्रपति रामसहायप्रसाद यादवसम्म भनसुन गराएर उपराष्ट्रपति कार्यालयमा रहेका अधिकारीलाई नगरपालिकामा लगेका थिए । तर, तलब नपाएको भन्दै आन्दोलनरत शिक्षक–कर्मचारीहरुले रोक्न खोज्दा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय २५ […]
काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पुनरावेदन मुद्दामाथि बहस सकिएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणको उच्च अदालत पाटनमा पुनरावेदनमाथि सुनुवाइ भएको थियो । खाणलाई छाड्ने या थुनामै राख्नेबारे दुई न्यायाधीशको मत बाझिए पछि आज तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको […]
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। त्यसैगरी, कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सार्वजनिक स्थलमा फलफूल बगैंचा निर्माण, कृषि तथा पशुपक्षी उत्पादनको भण्डारण तथा बिक्री वितरणमा आवश्यक […]
नागरिक रैबार/बाजुरा २१ मंसिर।बडीमालिका नगरपालिकामा विकासका लागि युवा सम्मेलन (२०८०) कार्यक्रम संचालन गरिएको छ । बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त सम्मेलन संचालन गरिएको हो । नगरपालिका भित्रका युवाहरूको सहभागितामा उक्त सम्मेलन आजबाट बडीमालिका नगरपालिकाको हलमा संचालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले बताएका छन । सम्मेलनले नगर स्तरीय […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। बाजुराको सदरमुकाममा रहेको प्रभु बैंक शाखाले सुरक्षित आवास गृह (सेभ हाउस) लाई न्यानो कपडा सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत बाजुरामा लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानलाई मध्येनजर गरेर सेभ हाउसलाई ३० थान न्यानो कपडा (ज्याकेट) सहयोग गरेको बैंकका म्यानेजर जीवन कुमार सिंहले बताएका छन् । बडीमालिका नगरपालिकाको सभा […]
नागरिक रैबार/बाजुरा २१ मंसिर ।ग्रिन तारा नेपालले बाजुराका पत्रकारहरु संग समिक्षा बैठक सम्पन गरेको छ । संस्थाले संचालन गरेका कामको प्रगती विवरण बारे पत्रकारसंग समिक्षा बैठक सम्पन्न गरेको हो । संस्थाले जिल्लाको खप्तड छेडेदह गाँउपालिकाका १-७ सम्मका सबै वडामा स्वास्थ्य सम्वन्धि काम गर्दै आईरहेको ग्रिन तारा नेपालकी फिल्ड म्यानेजर कविता कुमारी थापाले बताएकी छन् । […]
नागरिक रैबार/बाजुरा २० मंसिर।बडीमालिका नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समितिको संयोजकमा राजेश पायल विकलाई जिम्मेवारी दिएको छ । बडीमलिका नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेको विकलाई मंगलवार बसेको ३१ औं कार्यपालिकाको बैठकबाट नगर स्तरीय खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी दिईएको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् । नगरपालिका भित्र हुने खेलकुदका हरेक गतिविधिहरुलाई नगर स्तरीय खेलकुद विकास समिति […]