होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिकाको विकासका लागि युवा सम्मेलन
समाचार

बडीमालिका नगरपालिकाको विकासका लागि युवा सम्मेलन

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाको विकासका लागि युवा सम्मेलन

नागरिक रैबार/बाजुरा २१ मंसिर।बडीमालिका नगरपालिकामा विकासका लागि युवा सम्मेलन (२०८०) कार्यक्रम संचालन गरिएको छ ।
बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त सम्मेलन संचालन गरिएको हो ।

नगरपालिका भित्रका युवाहरूको सहभागितामा उक्त सम्मेलन आजबाट बडीमालिका नगरपालिकाको हलमा संचालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले बताएका छन ।

सम्मेलनले नगर स्तरीय युवा संजाल समेत गठन गर्ने भएको छ । भने नगर स्तरीय युवा संजाल गठन पश्चात नगरको विकासमा युवाहरूसंग साझेदारी गरि अगाडि बढ्ने उदेश्य नगरपालिकाले राखेको छ ।

विज्ञापन

विकासमा युवाको भुमिका महत्वपूर्ण रहने भएकाले नगर स्तरीय युवा संजाल गठन गर्न लागिएको बताईएको छ ।२ दिनसम्म संचालन हुने युवा सम्मेलनको एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लालबहादुर थापाले उद्वघाटन गरेका छन्। ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सुरू गरिएको कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रंगमल विकले गरेका छन । कार्यक्रममा एमालेका नेता काँशी विक, फियान नेपालका केन्द्रिय सचिव मदनराज जैशी, प्रेस चाैतारीका केन्द्रिय सदस्य बसन्त विश्वकर्मा, २ का अध्यक्ष डम्वर महत, ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, कार्यपालिका सदस्य राजेश पायल विक लगायत ९ वटै वडाका करिव ५० बढी युवाको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार