होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको सुरक्षित आवास गृहलाई प्रभु बैंकको न्यानो कपडा सहयोग
Breaking News

बाजुराको सुरक्षित आवास गृहलाई प्रभु बैंकको न्यानो कपडा सहयोग

  • नागरिक रैबार
बाजुराको सुरक्षित आवास गृहलाई प्रभु बैंकको न्यानो कपडा सहयोग

नागरिक रैबार/बाजुरा २१ मंसिर। बाजुराको सदरमुकाममा रहेको प्रभु बैंक शाखाले सुरक्षित आवास गृह (सेभ हाउस) लाई न्यानो कपडा सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत बाजुरामा लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानलाई मध्येनजर गरेर सेभ हाउसलाई ३० थान न्यानो कपडा (ज्याकेट) सहयोग गरेको बैंकका म्यानेजर जीवन कुमार सिंहले बताएका छन् ।

बडीमालिका नगरपालिकाको सभा हलमा एक औपचारिक कार्यक्रमका विच बैंकका म्यानेजर सिंहले सेभ हाउसलाई न्यानो कपडा सामाग्री हस्तान्त्रण गरेका थिए । पहिलो चरणमा सुरक्षित आवास गृहलाई सानो सहयोग भएपनि आगामी दिनमा बैंकले विभिन्न सहयोग गर्ने योजना रहेको बैकका म्यानेजर सिंहले बताएका छन् ।

विज्ञापन

प्रभु बैंकले बाजुरामा लैङिगक हिसाबाट पिडित बनेका महिलाहरुको अवस्थालाई मध्येनजर गरेर न्यानो कपडा सहयोग गरेकोमा कार्यक्रमका अध्यक्ष नगरप्रमुख अमर खड्काले बैंकलाई धन्यवाद दिएका थिए ।

लैंगिक हिंसा प्रभावित महिलाहरु तथा बालबालिकाहरुलाई जाडोको समयमा केहि सहयोग पुगोस भन्ने उदेश्यले आवास गृहलाई ३० थान जगेट सहित कपडा सहयोग गरिएको प्रभु बैंक बाजुरा शाखाका प्रवन्धक जीवन कुमार सिंहले बताएका छन् ।

बैंकले यस अघि पनि जिल्लामा सामाजिक उत्तरदायित्व अन्तरगत जिल्लाका विभिन्न गाउँ तथा बिद्यालयमा गएर वित्तिय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा नगरपालिकाका नगरप्रमुख अमबरबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, २ का अध्यक्ष डम्वर महत, ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, युएनएफपिएका जिल्ला संयोजक आत्मराम न्याैपाने, महिला बालवालिका शाखाका प्रमुख केशरी रोकाया, प्रभु वैकका कर्मचारी मेघराज शाही, महिला अधिकार मंचका सदस्य कन्चना सिंह लगायत सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ७ दिन अगाडि