होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीनन्दामा अज्ञात समुहद्धारा टेलिकमको टावर तोडफोड
Breaking News

बुढीनन्दामा अज्ञात समुहद्धारा टेलिकमको टावर तोडफोड

  • नागरिक रैबार
बुढीनन्दामा अज्ञात समुहद्धारा टेलिकमको टावर तोडफोड

नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाकाे बुढीनन्दा नगरपालिका- ७ स्थित कारकेलामा निर्माण गरिएको नेपाल टेलिकमकाे टावर अज्ञात समूहले ताेडफाेड गरेकाे पाईएकाे छ ।

साविकको पाण्डुसैन गाविसका नागरिकलाई टेलिफोनकाे सहज पहुँचमा ल्याउने गरि निर्माण गरिएको नेपाल टेलिकमको टावर आईतबार राति अज्ञात समुहले तोडफोड गरेकाे नगरप्रमुख जनक कुमार बाेहराले बताएका छन् ।

आइतबार राति बुढीनन्दा नगरपालिका-७ कारकेलाको ढाडनौलामा निर्माण गरेर संचालनमा रहेको फोर जी रिपियर टावर अज्ञात समुहले तोडफोड गरेको नगर प्रमुख बोहराले बताएका छन् ।  उनका अनुसार जनताको सुविधाका लागि वर्षाैपछि बनाइएको टावर कसले तोडफोड गरेको भन्ने विषयमा यकिन भएकाे छैन् ।

विज्ञापन

टेलिकमको टावर तोडफोड गरी पूर्ण रुपमा क्षती भएको बुझिएको छ ।
फोनको सुविधाबाट वर्षाैदेखि बञ्चित भएका नागरिकलाई सहज रुपमा फोन सेवाको पहुँचमा पुर्याएर जनताले सेवा सुविधा राम्रो पाइरहेको भएपनि टावर तोडफोड गरेर क्षती पुगेपछि सेवाबाट बञ्चित हुनु परेको नगर प्रमुख बोहराले बताए ।

टेलिकमको टावरमा क्षति पुर्याउने जुनसुकैलाई कानुनी खोजी गरी कारबाहीका लागि कानुनी दायरामा ल्याउने उनले बताएका छन् ।  बुढीनन्दा-७ को सिमामा कहिले पानीको पाइप काटेर खेतमा लगाउने, बजारमा पानी पुगेन भनेर भ्रम फैलाउने, कहिले टावर बिग्राने, टावर आएन भन्ने कहिले बाटोमा ढुङ्गा,बार हाल्ने लगायतका कार्य हुदै आएको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार