होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ मंसिर । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. ९ ले आयोजना गरेको पैठमेला फुटवल कपको उपाधि बाजुरा जिल्लाले हात पारेको छ । आईतबार सम्पन्न भएको फाईनल खेलमा एलजि वाईसी क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै बाजुरा जिल्लाले खेलको उपाधि जितेको हो । प्रतियोगिता मंसिर १ गतेबाट कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। नेकपा (माओवादी केन्द्र) बाजुराले २७ वटा वडामा सम्मेलन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्र बाजुराले बाजुराका २७ वडामा नयाँ नेतृत्व चयन गरेको नेकपा (माओवादी केन्द्र) बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् । उहाँका अनुसार ६९ मध्ये २७ वडामा सम्मेलन सकिएको र बाँकी वडामा सम्मेलन जारी रहेको छ । […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन उद्घाटन भएकाे एक हप्ता पछि सम्पन्न भएकाे छ । कार्तिक २६ गते सूरू भएकाे सहकारीकाे विसाैं वार्षिक साधारणसभा तथा साताैं अधिवेशन हप्तादिन पछि आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे हाे । आज सम्पन्न भएकाे सहकारीकाे साताै अधिवेशनबाट […]
नागरिक रैबार बाजुरा ४ मंसिर जिल्लाकाे बुढीगंगा नगरपालिकाकाे वडा नम्बर ९ स्थित जुवापानीमा रहेकाे दुधिर आधारभुत विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे छ । बडीमालिका मिडिया हाउसकाे पहल तथा राईजिङ नेपालकाे आर्थिक सहयाेगमा उक्त विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे हाे । शुक्रबार एक कार्यक्रममका विच विद्यालयमा रहेका गरिव तथा जेहेन्दार […]
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्ला प्रहरी कार्यालय बाजुरामा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक (डिएसपी) चर्तुभुज ओझाले शुक्रबार पत्रकारसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । उहाँले पत्रकारहरुसँग बाजुरामा देखिएका मुख्य समस्या र चुनौतीका बिषयमा जानकारी लिएका छन् । उपस्थित पत्रकारहरुले बाजुरामा बढिरहेको लागु औषध कारोबार, बाल विवाह, सडक दुर्घटनाका र चाेरी सिकारीका बिषयमा प्रभावकारी रुपमा […]
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए । बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए […]
नागरिक रैबार/बाजुरा २ मंसिर। प्रेस सेन्टर बाजुरा शाखाको अध्यक्षमा शुरेन्द्र शाही चयन भएका छन् । विहिबार सदरमुकाम मार्तडीमा सम्पन्न प्रेस सेन्टर नेपाल बाजुराको जिल्ला छैटौँ जिल्ला सम्मेलनले अध्यक्षमा शाही रहने गरी ९ सदस्यीय नयाँ समिति गठन गरेको हो । प्रेस सेन्टर बाजुराका अध्यक्ष नरदिप वडको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका जिल्ला […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुरा जिल्लाको जिल्ला अस्पताल सहित ३ नगरपालिका र २ गाउँपालिकाका स्वास्थ्य संस्थालाई ५९ लाख ९७ हजार ८ सय ८८ रकम बराबरको स्वास्थ्य सामाग्रि सहयोग गरिएको छ । स्वास्थ्य साम्रागी सहयोग गरिएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका गुड नेवर्स इन्टरनेश्नल, पिसविन र किडाकको सहयोगमा जिल्ला अस्पताल बाजुरा, बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका, […]
नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा दैनिक साढे ४ घण्टा लोडसेडिङ्ग हुने भएको छ । त्रिवेणी साना जलविद्युत केन्द्र मार्तडीले एक सार्वजनिक सूचना जारी गर्दै अवदेखि दैनिक साढे ४ घण्टा लोडसेडिङ्ग हुने बताएको हो । विद्युत सेवा लोडको समयमा अत्याधिक खपत भएर मेसिनको क्षमताले नधान्ने अवस्थामा पुगेपछि विहान ५ बजेदेखि साढे ९ बजे […]
नागरिक रैबार/बाजुरा १ मंसिर। नेपाल टेलिकम बाजुराले बाजुरामा प्रवाह गर्दै आएको एडिएसल सहितको इन्टरनेट र फोर जी सेवाले काम नगरेपछि बाजुरा जिल्लाका संचारकर्मीहरु आक्रासित बनेका छन् । नेपाल टेलिकमको इन्टरनेट सेवा र फोरजि सेवाले विशेषगरी संचारकर्मीलाई समस्या भएको बाजुरामा क्रियाशिल राष्ट्रिय तथा स्थानीय संचार माध्यममा कार्यरत पत्रकारहरुले नेपाल टेलिकम शाखालाई ज्ञापनपत्र सहित एडिएसएल सेवाको राउटर […]
नागरिक रैबार/बाजुरा १ मंसिर। मानव संसाधन केन्द्र (एचआरसि) बाजुराले कोरोना रोकथाम तथा नियन्त्रण लागि भन्दै गौमुल गाउँपालिकालाई १० लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । मानव संसाधन केन्द्र (एचआरसि) बाजुराद्धारा संचालनमा रहेको गुणस्तरिय शिक्षा प्रवर्धन तथा बैकल्पिक जिविकोपार्जन परियोजना (EBLOP) अन्तरगत गाउँपालिका भरिका समुदाय तथा सिमान्तकृत समुदायलाई कोरोना भाईरसबाट हुने महामारी रोकथाम तथा न्युनिकरणका […]
नागरिक रैबार/बाजुरा १ मंसिर। दुई हप्तादेखि भारतको सिम्लाबाट बेपत्ता भएका मार्तडीका रणबहादुर ऐडी भारतकै हिमाचल प्रदेशको चौपालमा बिरामी भएको अवस्थामा फेला परेका छन् । बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका थिए । कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो दुई […]
नागरिक रैबार/बाजुरा १ मंसिर। नेकपा एमाले बाजुराले पार्टीको दशौं महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको टंगो लगाएपछि अहिले पार्टी भित्रैबाट नेता तथा कार्यक्रर्ताहरुले तिव्र आलोचना गरिरहेका छन् । एमालेको प्रतिनिधि छनोटको विषयलाई लिएर अहिले चोकदेखि चियापसल र सामाजिक संजालमा तिव्र आलोचना भईरहेको छ ।एमाले बाजुराले प्रतिनिधि छनोट गर्दा बाजुरामा ६ जना दलित प्रतिनिधि समेट्नु पर्ने भएपनि […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो । यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका रणबहादुर ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका छन् । कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो बाटै दुई साता देखि बेपत्ता भएका हुन् । सिम्लामा संगै काम गर्ने साथीहरुसंग घर जान्छु भनेर सिम्लाबाट फर्केका ऐडी दुइसाता […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक । नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा २ जना दलित प्रतिनिधिलाई जानबाट बन्चित गरेको छ । महाधिवेशनमा बाजुराबाट २० जना प्रतिनिधि मध्ये ६ जना दलितबाट प्रतिनिधित्व हुनुपर्नेमा ४ जनालाई मात्र समावेश गरेको पाईएको छ । महाधिवेशनमा पार्टीको विधान र जिल्लाको संगठीत सदस्य संख्याको आधारमा बाजुरामा २० जना […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको नाम टुंगो लगाएको छ । ३ दिनदेखिको सहमतिको प्रयासपछि सोमबार विहान महाधिवेशन प्रतिनिधिका लागि बाजुराबाट २० जना प्रतिनिधि छनोट भएका थिए । महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको नाम जिल्ला कमिटीले टुंगो लगाएसंगै पार्टीका आम कार्यकर्ताहरुले प्रतिनिधि छनोटप्रति […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक।त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुराको नयाँ नेतृत्व चयनमा ढिलाई भएको छ । सहकारीको अध्यक्ष सहितका कुनैपनि पदमा आकांक्षीहरुविच सहमति हुन नसकेपछि नयाँ नेतृत्व चयनमा ढिलाई भएको पाईएको छ । कार्तिक २६ गतेबाट सूरु भएको सहकारीको २० औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन उद्धघाट्न भएको ४ दिन वितिसक्दा पनि […]
नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीले नेकपा एमालेको जिल्ला कमिटि सदस्य बाट राजिनामा दिएकी छन । नेकपा एमालेको पछिल्लो राजननितक घटना क्रमले नेकपा एमालेको जिल्ला कमिटिको सदस्यमा बसेर काम गरि रहन औचित्य नभएको भन्दै उनले राजिनामा दिएकी छन । उनले निबेदन सहति नेकपा एमाले जिल्ला कमिटीमा नरहने गरी राजिनामा […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]