होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • त्रिवेणी सहकारीकाे नयाँ नेतृत्व चयनमा ढिलाई
बाजुरा बिशेष

त्रिवेणी सहकारीकाे नयाँ नेतृत्व चयनमा ढिलाई

  • नागरिक रैबार
त्रिवेणी सहकारीकाे नयाँ नेतृत्व चयनमा ढिलाई

नागरिक रैबार/बाजुरा २९ कार्तिक।त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुराको नयाँ नेतृत्व चयनमा ढिलाई भएको छ । सहकारीको अध्यक्ष सहितका कुनैपनि पदमा आकांक्षीहरुविच सहमति हुन नसकेपछि नयाँ नेतृत्व चयनमा ढिलाई भएको पाईएको छ ।

कार्तिक २६ गतेबाट सूरु भएको सहकारीको २० औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन उद्धघाट्न भएको ४ दिन वितिसक्दा पनि नयाँ नेतृत्व चयन हुन् सकेको छैन् । २६ गते विहानबाट सूरु भएको बन्द सत्र ३ दिनसम्म जारी छ ।

नयाँ नेतृत्व सहमतिका साथ ल्याउनु पर्ने सहकारीका सदस्यहरुको माग भएपनि उम्मेदवारहरुवीच एक आपसमा सहमति हुन नसकेपछि नेतृत्व चयनमा ढिलाई भएको हो ।

विज्ञापन

सहकारीमा ९ जनाको संचालक समिति बन्ने छ । जसमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र अन्य ५ जना सदस्यहरु रहने छन् । तर सहकारीको अध्यक्षका लागि मात्रै ७ जना दावेदार देखिएका छन् । त्यस्तै ५ जना सदस्यका लागि १७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले बताएको छ ।

यता प्रमुख निर्वाचन अधिकृत वीरबहादुर विष्टले उम्मेदवारहरु विच सहमतिको प्रयास जारी भएकोले आज साँझसम्म सहमतिका साथ नयाँ नेतृत्व चयन हुने बताएका छन् ।

विस २०५८ सालमा बाजुराको सदरमुकाम मार्तडीमा स्थापना भएको सहकारीमा हालसम्म १७ सय बढी सेयर सदस्य रहेका छन् । सहकारीले मार्तडीमा रहेको साना जलविद्युत समेत संचालन गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार