होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा तिव्र असन्तुष्टि
समाचार

बाजुरामा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा तिव्र असन्तुष्टि

एमाले नेतृ श्रृष्टि रेग्मीले गरिन जिल्ला कमिटी सदस्यबाट राजिनामा

  • नागरिक रैबार
बाजुरामा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा तिव्र असन्तुष्टि

नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको नाम टुंगो लगाएको छ । ३ दिनदेखिको सहमतिको प्रयासपछि सोमबार विहान महाधिवेशन प्रतिनिधिका लागि बाजुराबाट २० जना प्रतिनिधि छनोट भएका थिए ।

महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको नाम जिल्ला कमिटीले टुंगो लगाएसंगै पार्टीका आम कार्यकर्ताहरुले प्रतिनिधि छनोटप्रति तिव्र असन्तुष्टि जनाएका छन् । जिल्ला कमिटी सदस्यमा मनोनित भएकि महिला नेतृ श्रृष्टि रेग्मीले प्रतिनिधि छनोटमा तिव्र असन्तुष्टि जनाउँदै पार्टीको जिल्ला कमिटी सदस्यबाट आजकै मिति देखि नलाग्ने भन्दै राजीनामा समेत दिईसकेकी छन् ।

No description available.

विज्ञापन

बाजुरामा महाधिवेशन प्रतिनिधि छनोटमा नेतृत्व तहबाटै मनोमानि तरिकाले प्रतिनिधि छनोट गरेको जिल्ला कमिटीका एक नेताले आरोप लगाएका छन् । उनले बाजुरामा महाधिवेशन छनोट प्रक्रिया नै गलत ढंगबाट भएको दावी गरेका छन् ।

महाधिवेशनमा सहभागि हुनका लागि बाजुराबाट खुलातर्फ १० जना हुनुपर्नेमा ११ जनालाई प्रतिनिधि बनाईएको छ । जसमा रंगमान शाही, अजबहादुर मल्ल, सहदेब बोगटी, कालीबहादुर शाही, भरत बहादुर बुढा, भरत बहादुर थापा, जनक कुमार बोहरा, अम्मर बहादुर खडका, हरी बहादुर रोकाया, मनलाल खत्री र बल्देब रेग्मी छन् ।

No description available.

त्यस्तै दलित तर्फ ४ जना पूरुष र २ महिला हुनुपर्नेमा ३ जना पूरुष मात्र समेटिएका छन् । जसमा काँसी बिक, पदम नेपाली, र मोहन नेपाली छन् । दलित कोटाबाट काटेर खुलामा एकजनालाई थप गरी ११ जना प्रतिनिधि बनाईएको छ ।त्यसै गरी दलित महिलातर्फ २ जना हुनुपर्नेमा एकजना राजकला सार्कीलाई मात्र प्रतिनिधि बनाईएको छ । दलितको कोटामा जनजातिबाट बसन्ति गुरुङ्गलाई प्रतिनिधी बनाईएको छ। तर गुरुङ्ग जनजातिकै कोटाबाट हुनुपर्ने हो । त्यस्तै महिलाबाट बसुन्धरा रोकाया, मनदेबी ओली, ऐना गिरी र माया कुँवरलाई प्रतिनिधि बनाएको छ ।

यी नेता जान पाएनन् महाधिवेशन प्रतिनिधि ?
एमाले बाजुराले २० जना प्रतिनिधि छनोट गर्दा एमाले भित्रका प्रभावशाली नेताहरु महाधिवेशन प्रतिनिधि जानबाट बन्चित भएका छन् । जसमा लालबहादुर ओली, दयालबहादुर शाही, मिनबहादुर विष्ट, चन्द्र बहादुर थापा लगायत छन् ।

एमालेको दशाैं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै