होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा इन्टरनेट राम्रो नचलेको भन्दै पत्रकारले बुझाए ज्ञापनपत्र
समाचार

बाजुरामा इन्टरनेट राम्रो नचलेको भन्दै पत्रकारले बुझाए ज्ञापनपत्र

  • नागरिक रैबार
बाजुरामा इन्टरनेट राम्रो नचलेको भन्दै पत्रकारले बुझाए ज्ञापनपत्र

नागरिक रैबार/बाजुरा १ मंसिर। नेपाल टेलिकम बाजुराले बाजुरामा प्रवाह गर्दै आएको एडिएसल सहितको इन्टरनेट र फोर जी सेवाले काम नगरेपछि बाजुरा जिल्लाका संचारकर्मीहरु आक्रासित बनेका छन् ।

नेपाल टेलिकमको इन्टरनेट सेवा र फोरजि सेवाले विशेषगरी संचारकर्मीलाई समस्या भएको बाजुरामा क्रियाशिल राष्ट्रिय तथा स्थानीय संचार माध्यममा कार्यरत पत्रकारहरुले नेपाल टेलिकम शाखालाई ज्ञापनपत्र सहित एडिएसएल सेवाको राउटर बुझाएका छन् ।

नेपाल टेलिकमले संचार माध्यम र अन्य सेवाग्राहीलाई एडिएसएल सेवा विस्तार गर्दै सुविधा दिएको भएपनि इन्टरनेटको गति तिव्र रुपमा नहुदा संचार माध्यमले नियमित समाचार सम्प्रेषण् गर्न समस्या हुन् थालेपछि नेपाल टेलिकमका प्रमुख पदमराज पडाल प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ज्ञापनपत्र र इन्टरनेट प्रयोग गर्दै आएको राउटर बुझाएको पत्रकार लक्ष्मीराज पाध्यायले बताएका छन् ।

विज्ञापन

No description available.

बाजुरामा एक महिना देखि टेलिकले मोवाईलको फोर जी र एडीएसएल सेवा प्रभावकारी, छिटो छरितो र गुणस्तर नभएकाले जिल्लाका संचार माध्यम र राष्ट्रिय स्तरमा समाचार पठाउन समेत समस्या हुँदै आएको छ ।जिल्लामा भएका घटनाहरु र जनताको जीवीकाको सवाललाई जिल्ला र राष्ट्रिय स्तरमा उठान गरेको भएपनि इन्टरनेट सेवा गुणस्तर नहुँदा समाचार सम्प्रेषण गर्न नपाएको बाजुराका संचारकर्मीहरुले बताएका छन् ।

बाजुरामा एडिएसएल इन्टरनेट सेवा संचालनमा ल्याएको एक दशक भइसक्दा पनि सेवा प्रभावकारी हुन नसकेको पुरानै रफ्तारमा इन्टरनेटको गति देखिएकाले जिल्लामा संचालित संचार माध्यमका कार्यरत संचारकर्मीले हैरानी खेप्दै आएका छन् ।

यता नेपाल टेलिकम बाजुराका प्रमुख पदमराज पडालले बाजुरामा इन्टरनेट सेवा प्रवाहमा दु्रत गतिमा नभएको स्वीकार गरेका छन् । उनले प्राविधिक रुपमा समस्या आउने गरेकाले यहाँ सेवा प्रवाह गर्दा इन्टरनेट सेवा तिव्र रुपमा हुन नसकेको बताए । इन्टरनेट सेवा तिव्र रुपमा संचालन गर्नका लागि क्षेत्रीय र केन्द्रीय स्तरमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार