होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पैठमेला फुटबल कपको उपाधि बाजुरा जिल्लालाई
Breaking News

पैठमेला फुटबल कपको उपाधि बाजुरा जिल्लालाई

  • नागरिक रैबार
पैठमेला फुटबल कपको उपाधि बाजुरा जिल्लालाई

नागरिक रैबार/बाजुरा ५ मंसिर । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. ९ ले आयोजना गरेको पैठमेला फुटवल कपको उपाधि बाजुरा जिल्लाले हात पारेको छ ।

आईतबार सम्पन्न भएको फाईनल खेलमा एलजि वाईसी क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै बाजुरा जिल्लाले खेलको उपाधि जितेको हो ।

प्रतियोगिता मंसिर १ गतेबाट कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. ९ स्थित सत्यवादी विद्यालयको प्राङ्गणमा भएको थियो ।

विज्ञापन

प्रतियोगिताको फाईनल खेलमा बाजुरा जिल्लाको तर्फबाट खेलाडी मान विष्टले १ गोल गरेर खेलको विजेता बाजुरा जिल्ला बनेको टिम कोच भरत राेकायाले बताएका छन् ।

प्रतियोगितामा प्रथम भएको बाजुरा जिल्लालाई नगद पुरस्कार ५५ हजारसहित कप, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै खेलको उपविजेता बनेको कालिकोटको एल वाईसीलाई ३० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । पाँच दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा बाजुरासहितका गरी ८ टिम सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै