होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एचआरसिद्धारा गाैमुल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
समाचार

एचआरसिद्धारा गाैमुल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • नागरिक रैबार
एचआरसिद्धारा गाैमुल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नागरिक रैबार/बाजुरा १ मंसिर। मानव संसाधन केन्द्र (एचआरसि) बाजुराले कोरोना रोकथाम तथा नियन्त्रण लागि भन्दै गौमुल गाउँपालिकालाई १० लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

मानव संसाधन केन्द्र (एचआरसि) बाजुराद्धारा संचालनमा रहेको गुणस्तरिय शिक्षा प्रवर्धन तथा बैकल्पिक जिविकोपार्जन परियोजना (EBLOP) अन्तरगत गाउँपालिका भरिका समुदाय तथा सिमान्तकृत समुदायलाई कोरोना भाईरसबाट हुने महामारी रोकथाम तथा न्युनिकरणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

Terre des Hommes TDH Germany  (टिडिएच जर्मनी) को आर्थिक सहयोगमा संचालन भएको यो परियोजनाले गौमुल गाउँपालिकाका समुदायहरुलाई कोरोना भाईरसबाट सुरक्षित रहनका साथै समुदायलाई आयआर्जनका क्रियाकलापहरुमा पनि प्रत्यक्ष सहयोग गर्दै आएको एचआरसि बाजुराका कार्यकारी निर्देशक अग्निराज शाहीले जानकारी गराएका छन ।

विज्ञापन

गाउँपालिकाका स्वास्थ्यकर्मि लगाएत अन्य समुदायलाई पनि कोरोना भाईरसबाट सहजै बचाउन सकिने उपकरणहरु उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख हरीश चन्द्र विकले बताउनु भएको छ ।

गाउँपालिकाका समुदायको स्वास्थ्य सुरक्षाका साथै र अन्य आयआर्जनका क्रियाकलापहरुमा पनि एच आर सि लगाएत अन्य संघसंस्थाहरुले उल्लेख्य योगदान पुर्याउदै आएको गाउँपालिका अध्यक्ष हरी रोकायाले जानकारी गराएका छन ।

स्वास्थ्य सामाग्री एच आर सि बाजुराका कार्यकारी निर्देशक अग्निराज शाहीले गाउँपालिका अध्यक्षको उपस्थितिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिश चन्द्र विकलाई हस्तान्तरण गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार