होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको सदरमुकाम मार्तडी बजारभित्रका ४ वटा शाखा सडकहरु अलपत्र परेका छन् । मार्तडी बजारलाइ व्यवस्थित बनाउने र बजारभित्रका सवै ठाउँमा सडकको पहुँच विस्तार गर्ने उद्देश्यले बनाउन लागिएका ४ वटा शाखा सडकहरुको निर्माण कार्य अलपत्र परेका हुन् । मार्तडी बजार भित्रका ५ वटा ठाउँमा सडकहरु निर्माणका लागि सघन सहरी विकास तथा भवन […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाले पनि पालिका भित्रका सवै वडामा भव्यताका साथ लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान मनाई रहेको छ । “घरैबाट सुरु गरौ, नारी हिंसा अन्त्य गरौ“ भन्ने नाराका साथ हिमाली गाउपालिकाले प्रत्येक वडामा विभिन्न कार्यक्रम गरेर उक्त अभियान मनाईरहेको छ । बुधबार हिमालीको वडा न.-६ पाँडीमा वडा भित्रका महिलाहरुको सहभागितामा […]
बाजुरा, मंसिर १६ । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। नेकपा माओवादी केन्द्र बडीमालिका नगर समितिको अध्यक्षमा रमेश चंदारा चयन भएका छन् ।माओवादी केन्द्र बडीमालिका नगर समितिको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रमेश चंदारा रहने गरी ६५ सदस्यीय नगर समिति चयन गरिएको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउंदले बताएका छन् । उहाँका अनुसार नगर समितिको उपाध्यक्षमा देवराज पाध्याय, फुगी रोकाया, सचिव प्रेम […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रचार विभाग प्रमुखमा सचिवालय सदस्य शेरबहादुर शाहीलाई चयन गरिएको छ । समाजवादीको मंगलबार बसेको सचिवालय बैठकले त्रिवेणी नगरपालिका इन्चार्ज समेत रहेका शाहीलाई प्रचार विभागको जिम्मेवारी दिईएको समाजवादी पार्टी बाजुराले बताएको छ । यस अघि पार्टीकोे पहिलो विस्तारित बैठकले प्रेमबहादुर विकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको थियो […]
वीरेन्द्र भट्ट, धनगढीः ‘बस्ने घर छैन। शरीर ढाक्ने फाँटो छैन। खाने अन्न छैन। कहाँ छ सरकार कहाँ छौँ हामी’ बाजुराकी गंगा सुनारले दुःख पोख्दै भनिन्। २ छाक खानकै लागि दिनभरी काम गर्दा पनि मजदुरी गरेको पैसा नपाएर भोकभोकै बस्नुपरेको पीडा बडिमालिका नगरपालिकाकी बस्दै आएकी ५७ वर्षीया सुनारको छ। सोमबार धनगढीमा आयोजित संकटासन्न व्यक्ति र समुदायका […]
नागरिक रैबार बाजुरा १२ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीकाे कारागार नजिकैको डिलबाट आईतबार बिहान जिप दुर्घटनामा परेका सहचालककाे मृत्यु भएकाे छ । जिप दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी रहेका छन् । सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेकाे से १ ज ९६० नम्बरको जिप आईतबार विहान साढेपांचबजे दुर्घटना […]
नागरिक रैबार बाजुरा १२ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीकाे कारागार नजिकैको डिलबाट आईतबार बिहान जिप दुर्घटना भएकाे छ । सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेकाे से १ ज ९६० नम्बरको जिप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार जिप दुर्घटनामा परि बडिमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी गम्भीर […]
नागरिक रैबार/बाजुरा १० मंसिर ।जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरेर प्रहरीमाथि अभद्र व्यवहार गरेकाे आराेपमा एक बस चालकलाई प्रकाउ गरेकाे छ । विहिबार काठमाण्डौंबाट बाजुरा आइरहेको ना ७ ख २३०९ नम्बरको बसका चालक धनराज रोकायाले रिठा प्रहरी चाैकिबाट खटिएको प्रहरी टाेलीलाई अभद्र व्यवहार गरेकाे प्रहरीले बताएकाे छ । बस चेकजाँच गर्दा चालकले मदिरा सेवन […]
नागरिक रैबार बाजुरा १० मंसिर । जिल्लाको बडिमालिका –८ मा पर्ने बडिमालिका मन्दिर नजिकै नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।बिहिवार राति जिल्ला प्रहरी कार्यालय बाजुरा वाट खटिएको टोलीले सोहि बेलुका १०ः३० बजे तिर जुवा खेलि रहेको अवस्थामा ३३ हजार ३ सय नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बाजुराले […]
नागरिक रैबार बाजुरा १० मंसिर । बाजुराका पाँच स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका पाँच पालिकामा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुरा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । प्रमुख पन्तका अनुशार […]
नागरिक रैबार / बाजुरा ९ मंसिर। बाजुराका प्रत्येक स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका प्रत्येक स्थानीय तहहरुमा परिवार नियोजन शिविर सञ्चालन गरिने भएको हो । मंसिर १५ गतेदेखि २३ गतेसम्म परिवार नियोजनको स्थायी (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण शिविर […]
नागरिक रैबार बाजुरा ९ मंसिर। बाजुरामा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एकजना प्रकाउ परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–७ जिल्ली(तलगाउँ) का १९ वर्षीया किसन विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घरमा चोरी गर्न लागेका अवस्थामा स्थानीयले फेला परी प्रहरीलाई खबर गरेपछि बिहान २ः३० बजे बाउली बजारबाट उनलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। स्थानीय स्तरमा मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम मार्तडीमा सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना तथा जिआइजेड, सिडिएसजी र आइडिजिको आर्थिक तथा प्राविधिक सहायेगमा कार्तिक २९ गतेबाट संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो । बडीमालिका नगरपालिकाको सभा हलमा ८ दिनसम्म संचालन भएको आधारभुत तालिमका सहभागिहरुलाई सिडिएसजीका बावुराम पौडेल […]
नागरिक रैबार बाजुरा ६ मंसिर खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले बाजुरामा साविककै मुल्यमा चामल विक्रि गर्ने भएकाे छ । दशैतिहारलाई लक्षित गरेर सहुलिएत दरमा विक्री गरेकाे खाद्य संस्थानले आजबाट लागू हुने गरि प्रति केजि चामल ४५ रूपैयाँमा विक्रि वितरण गर्ने बताएको छ । यस अघि दशै तिहारमा प्रति कुईन्टल चामलकाे मुल्यमा ५ सय छुट […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएको भन्दै बाजुराका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् । सोमबार बाजुराका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मार्तडीमा रहेको बिद्युत अनियमित भएको र नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रको लाईन बिस्तारमा ढिलाई भएको भन्दै जिल्ला […]
नागरिक रैबार बाजुरा ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रणमा सक्रियता बढाएकाे छ । मंसिर १ गतेदेखि बाजुराकाे प्रहरी प्रमुख सम्हाल्ने गरि नयाँ डिएसपी चतुर्भुज ओझा आएपछि प्रहरीले मदिरा नियन्त्रणमा सक्रियता बढाएकाे हाे । आईतबार साँझ प्रहरीले सदरमुकाम मार्तडीका २३ वटा हाेटल तथा पशलहरूबाट ५ सय ६५ लिटर अवै घरेलु मदिरा बरामद गरि […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. ९ ले आयोजना गरेको पैठमेला फुटवल कपको उपाधि बाजुरा जिल्लाले हात पारेको छ । आईतबार सम्पन्न भएको फाईनल खेलमा एलजि वाईसी क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै बाजुरा जिल्लाले खेलको उपाधि जितेको हो । प्रतियोगिता मंसिर १ गतेबाट कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। नेकपा (माओवादी केन्द्र) बाजुराले २७ वटा वडामा सम्मेलन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्र बाजुराले बाजुराका २७ वडामा नयाँ नेतृत्व चयन गरेको नेकपा (माओवादी केन्द्र) बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् । उहाँका अनुसार ६९ मध्ये २७ वडामा सम्मेलन सकिएको र बाँकी वडामा सम्मेलन जारी रहेको छ । […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन उद्घाटन भएकाे एक हप्ता पछि सम्पन्न भएकाे छ । कार्तिक २६ गते सूरू भएकाे सहकारीकाे विसाैं वार्षिक साधारणसभा तथा साताैं अधिवेशन हप्तादिन पछि आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे हाे । आज सम्पन्न भएकाे सहकारीकाे साताै अधिवेशनबाट […]