होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्यु
समाचार

बाजुराकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्यु

  • नागरिक रैबार
बाजुराकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्यु

 नागरिक रैबार/ बाजुरा २१ मंसिर । जिल्लाकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्युु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ४ कि २१ वर्षिया गंगा चंदारा रहेकी छन् । उनकाे अत्याधिक रक्तस्रावका कारण मृत्यु भएकाे गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाका अनुसार गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तश्रावपछि मृत्यु भएकाे हाे । घरमै बच्चा जन्माएकि गंगा बाट बच्चा पनि मृतक जन्मिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले बताएकि छन् । गंगा बिहाना जंगल बाट घाँस काटेर आएकी थिईन् । घरमै पुग्ने बित्तिकै पेट दुख्न शुरु भयो केही समय पछि मरेको बच्चा जन्मेको श्रीमान विने चदाराले बताएका छन् ।

गंगाको पहिलो सन्तान छोरा रहेका छन्, दोस्रो सन्तान जन्माएकि गंगाले छोरा पनि मृतक जन्मिएको हो ।गंगा गर्भवती भएको ७ महिनामै मरेको छोरा जन्मिएको स्वास्थ्यकर्मीले बताए ।

विज्ञापन

स्वास्थ्य चौकीमा तिन पटक गर्भजाँच गरेको गाउँपालिकाले जनाएको छ । दुर्गम गाउँमा अझै स्वास्थ्य चौकीमा चेकजाँच गर्न नजाने र स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार