होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे जगन्नाथ गाउँपालिकामा नागरिकता वितरण सूरू
समाचार

बाजुराकाे जगन्नाथ गाउँपालिकामा नागरिकता वितरण सूरू

  • नागरिक रैबार
बाजुराकाे जगन्नाथ गाउँपालिकामा नागरिकता वितरण सूरू

नागरिक रैबार
बाजुरा १ पुस । बाजुराको जगन्नाथ गाउँपालिकाले आजदेखि गाउँपालिकामै नागरिकता वितरण गर्न सूरू गरेकाे छ ।
जगन्नाथ गाउँपालिकाकाे आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा आजबाट गाउँपालिकामा नागरिकता वितरण सूरू गरेकाे हाे ।
गाउँपालिका भित्रका वडा नं १ देखि ६ सम्मका नागरिकता लिन बाँकी अशक्त,अपाङ्ग,फरक क्षमता भएका,बृद्ध र बृद्धाहरुलाई आजबाट गाउँपालिकाकाे केन्द्र जुड्डीमा नागरिकता वितरण कार्य सुरू गरिएको गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् ।
जिल्लाकाे सदरमुकाम मार्तडीमा आएर नागरिकता बनाउन नसकेका गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराकाे टाेलीले गाउँपालिकामै पुगेर नागरिकता वितरण गर्न लागेकाे हाे ।
आज र भाेलीसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट खटिएको नागरिकता वितरण टाेलिले नागरिकतासंगै फोटो सहितको मतदाता नामावली समेत बनाउने भएकाे छ ।
यस अघि नागरिकता बनाउनकै लागि साे गाउँपालिकाका स्थानीयहरू २ दिनकाे पैदलयात्रा गरेर सदरमुकाम मार्तडीमा आउने गरेका थिए ।
गाउँपालिकाकाे आयाेजना र प्रशासनकाे नागरिकता बनाउने टाेली गाउँमा आएर नागरिकता वितरण गरेपछि स्थानीयहरू खुसि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार