होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन्। जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ। बुढीनन्दा नगरपालिकाका […]
बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिका- १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ। २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो। खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका स्थानीय बीरबहादुर रावलले कृषि ज्ञान केन्द्रको अनुदानमा एक हजार तीन सय र […]
गाउँ होस् वा शहर बजार जहाँ भए पनि गर्भपतन गराउने चलन नयाँ होइन। पहिलादेखि नै अवैध र इच्छा विपरीत बसेको गर्भ तुहाउने वा पतन गर्ने चलन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्राविधिक व्यक्तिबाट जबरजस्त शैलीमा भइरह्यो। जब स्वास्थ्य संस्थामा सहज रुपमै गर्भपतन सेवा गाउँमा पुग्यो, त्यो बेला धेरैलाई जानकारी […]
एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले बाइक र्दुघटनामा परि मृत्यू भएका बलराज बराल (सुनार) की श्रीमती जयन्ति कुमारी शाहीलाइ चालिस लाख सात हजार एक सय एकाउन्न रुपैंया मृत्युदावी रकम भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स क. लिं. बाजुराबाट बाइक र्दुघटनामा परि मृत्यू भएका स्व. बल राज बराल (सुनार) की श्रीमती श्री जयन्ति कुमारी शाही […]
जिल्लाकाे बडीमालिका नगरपालिकाले एघारौं नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख अमर बहादुर खड्काकाे अध्यक्षतामा संचालन भएको नगरपालिकाको नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ ।” समृद्ध नगर , खुसी नगरवासीको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोत तथा कृषिजन्य उत्पादनको व्यापार ” भन्ने मुल […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले सातौँ नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको नगरपालिकाको सातौँ नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ । सातौँ नगर सभबाट पारित भएका महत्वपूर्ण कार्यक्रम यी हुन नगर प्रमुख युवा स्वरोजगार कार्यक्रम प्रत्येक बिधालयमा […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले ७ औं नगर सभाबाट लोकप्रिय कार्यक्रम ल्याएको छ । आज भएको ७ औं नगर सभाबाट महत्पूर्ण कार्यक्रमहरु पारित गरेको छ । बुढीनन्दा नगरपालिकाको नगरसभा तथा बजेट अधिवेशन आज एक बजेबाट सूरु भएको हो । स्थानीय तह निर्वाचन २०७९ पश्चात नगरपालिकामा आएका नजनिर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९÷८० को नीति […]
‘चिसो मान्छे’ हलमा एक हप्तादेखि प्रदर्शनरत् छ। त्यसका विषयमा क्रियाप्रतिक्रिया आइरहेका छन्। सिर्जनाको मुख्य कमाइ नै प्रतिक्रिया हो। त्यसले समाजमा ल्याउने तरंग र पार्ने प्रभाव हो। पोष्टर सार्वजनिक भएदेखि नै प्रतिक्रियाले ‘रेकर्ड ब्रेक’ गरिसकेको छ। सहायक कमाइ आर्थिक उपलब्धि होला। निर्देशक दीपेन्द्र के खनालमा सन्तुष्टि देखिन्छ। प्यास र पैसाको प्राप्ति मानवका असीमित चाह हुन्। ‘भयो, […]
नागरिक रैबार। बाजुरा ९ असार/जिल्लाको हिमाली गाउँपालिकाको दशाैं गाउँसभा तथा बजेट अधिवेशन आजबाट सूरु भएको छ । स्थानिय तह निर्वाचन २०७९ पश्चात गाउँपालिकामा आएका नवनिर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको गाउँपालिकाको दशाैं गाउँ सभामा २०७९/८० को नीति तथा […]
बाजुरा।सुदूरपश्चिमका धेरैजसो गाउँ अभाव र गरिबीको दुश्चक्रमा जेलिएका छन् । अरू गाउँजस्तै बाजुराको अति विपन्न स्वामीकार्तिक गाउँपालिका–१ मुक्तिकोटले यो दुश्चक्रबाट मुक्ति चाहेको वर्षौं भयो । तर, दलित समुदायको बसोबास रहेको यो गाउँका निम्ति कुपोषण सधैंको नियतिजस्तै बनिसकेको छ । बजेटमा मुक्तिकोटका कुपोषितको स्वास्थ्य र शिक्षाका लागि एउटै कार्यक्रम छैन बरु प्रदेश सरकारले टोल–टोलमा मन्दिर, पदमार्ग र भ्युटावरका नाममा […]
नागरिक रैबार/बाजुरा ८ असार । बाजुराका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गौमुल गाँउपालिका-१ का ३६ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन्। उनलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। बाजुरा जिल्ला अदालतले २०७७ चैत २४ गते बोहरालाई लागुऔषध (चरेश) मुद्दामा ५ महिना २ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। […]
नागरिक रैबार/बाजुरा ७ असार । बाजुरा जिल्लामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा सदरमुकाम मार्तडीमा योग दिवस मनाइएको आयुर्वेद स्वास्थ्य केन्द्रकी कर्मचारी नर्मदा कुवरले बताएकि छन् । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतमा सदरमुकाम मार्तडी योग दिवस मनाइएको हो । मानवताको लागि योग भन्ने नाराका साथ जिल्लामा मनाइएको […]
किम्फ (काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र मेला) को २०२१ संस्करणमा दार्चुलाकी एक हजुरआमाको मार्मिक कथा भन्ने छोटो फिल्म थियो ‘जिउँदो मोडो’। दुर्गाबहादुर कार्की निर्देशित त्यो १२ मिनेटको फिल्मले नेपाली राज्य र नेपाली समाजबारे धेरै कुरा भन्छ। गिटी कुटेर गुजारा चलाउने वृद्धाको एउटै बचेको नाति यार्सागुम्बा खोज्न गएको छ। उसकाबारे गाइँगुइँ नराम्रो समाचार आएको छ। आखिर नातिको […]
राजेन्द्र बिक/बाजुरा ६असार। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५ मनामा पशुपालक कृषकहरुलाइ बाख्रा वितरण गरिएको छ। पशु सेवा बिज्ञ केन्द्र बाजुराको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत कृषकहरुलाइ आधुनिक तरिकाले बाख्रा पालन गरि गाउँमै रोजगारी सृजना गराउने र गरिबी न्यूनीकरण गर्ने उदेश्यले प्रती कृषक २बाख्राका दरले ३७परिवारलाइ ७६ बाख्रा र ६जना कृषकलाइ प्रती कृषक १का दरले ६ ओटा […]
बाजुरा- नागरिक रैबार/बाजुरा ५ असार । हिमाली गाउँपालिकाको प्रवक्तामा भिमानन्द पाण्डेलाई तोकिएको छ । गाउँपालिमा आज नवनिर्वाचित कार्यपालिकाकाे पहिलाे बैठकबाट हिमाली ४ का वडा अध्यक्ष समेत रहेका पाण्डेलाई पालिकाको प्रवक्तामा तोकिएका हो । त्यस्तै पालिकाको पहिलो बैठकले गरेको निर्णय सार्बजनिक गर्दै स्वास्थ, शिक्षा, खानेपानी र विद्युतमा विशेष लगानी गर्ने गाउँपालिकाले जनाएको छ।
नागरिक रैबार बाजुरा २ असार बाजुराकाे बुढीगंगा नगरपालिकाकाे निर्वाचन यहि असार २३ गते गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । बिहिबार सदरमुकाम मार्तडीमा बसेकाे सर्वदलीय बैठकमा सहभागी ६ वटा राजनीतिक दलकाे सहमतिपछि असार २३ गतेकाे मिति ताेकिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । यस अघि बैशाख ३० गते भएकाे निर्वाचनलाई निर्वाचन आयाेगले […]
नागरिक रैबार/बाजुरा १ असार। बडीमालिका नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुले पहिलो पटक सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको अनगुगमन गरेका छन । बुधबार विहान सदरमुकाम मार्तडीको खानेपानीको दिगोपना तथा ब्यबस्थापनका लागि उनीहरुले अनुगमन गरिएको हो । सदरमुकाम मार्तडीमा लामो समय देखी खानेपानी समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल र योजना बनाउनका लागि अनुगमन गरिएको बडिमालिका […]
३ वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । २०७९ जेठ ३१ गते अर्थात हिजोबाट नागरिक रैबार डटकमको चौथो वर्षको सुरुवात भएको छ । स्थापनाको तेस्रो वर्ष पुरा गरि हामी नयाँ संकल्प र योजनासहित चौथो वर्षको नयाँ अध्यायमा प्रवेश […]
रिमा विश्वकर्मा /बाजुरा १ असार। वडा स्तरीय एक दिने समिक्षा गोष्ठी मार्तडीमा सम्पन्न भएको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालको आयोजनामा उक्त गोष्ठी बडीमालिका नगरपालिका ९ को वडा कार्यालयमा सम्पन्न भएको हो । गोष्ठीमा सहास नेपालद्धारा संचालन भएको स्थानीय प्रयासद्धारा खाद्य सुरक्षा रुपान्तत्रण (लिफ्ट) परियोजनाले बडीमालिका नगरभित्र ३ वर्षमा गरेका कामहरुको प्रगति बारे समिक्षा […]
नागरिक रैबार/बाजुरा १ असार। जबरजस्ती करणी गरेको आरोपमा बाजुराका तीन जना पक्राउ परेका छन् । जेठ महिनाभित्र बजरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जबरजस्ती करणी उद्योग गर्ने बडीमालिका नगरपालिका–१ का १८ वर्षीय हर्कबहादुर दानी जेठ २५ गते शनिबार बेलुका पक्राउ परेका छन् । सदरमुकाम मार्तडीबाट घर जादै […]