होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका जनप्रतिनिधिहरुले गरे मार्तडीको वृहत खानेपानीको अनुगमन
समाचार

बडीमालिकाका जनप्रतिनिधिहरुले गरे मार्तडीको वृहत खानेपानीको अनुगमन

  • नागरिक रैबार
बडीमालिकाका जनप्रतिनिधिहरुले गरे मार्तडीको वृहत खानेपानीको अनुगमन

नागरिक रैबार/बाजुरा १ असार। बडीमालिका नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुले पहिलो पटक सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको अनगुगमन गरेका छन । बुधबार विहान सदरमुकाम मार्तडीको खानेपानीको दिगोपना तथा ब्यबस्थापनका लागि उनीहरुले अनुगमन गरिएको हो । सदरमुकाम मार्तडीमा लामो समय देखी खानेपानी समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल र योजना बनाउनका लागि अनुगमन गरिएको बडिमालिका नगरपालिका कार्यबाहक नगर प्रमुख डम्मर महतले बताएका छन । बजारमा हिलो सहित बगेको खानेपानी आएको जनगुनासो पछि खानेपानीको मुहानसम्म अनुगमन गरिएको महतले बताए ।

जिल्लाको सदरमुकाम समेत रहेको मार्तडीमा सुद्ध खानेपानी र त्यसको ब्यबस्थापनका लागि के गर्न सकिने रहेछ भन्ने बिषयमा बृहत खानेपानीको मुहानसम्मको अनुगमन गरिएको कार्यबाहक नगर प्रमुख महतले बताए ।.

May be an image of 4 people, people standing, body of water and tree

विज्ञापन

कार्यबाहक नगर प्रमुखको संयोजकत्वमा बडिमालिका नगरपालिकाका प्रबक्ता तथा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, बडिमालिका वडा न ८ का वडा अध्यक्ष चन्द्र थापा, बडिमालिका नगरपालिकाका ओभरसियर गोरख थापा फेडवासनका जिल्ला अध्यक्ष तुल्सीराम रोकाया र पत्रकार लगायत बृहत खानेपानी उपभोक्त समितिका पदाधिकारी लगायतको टोलीले अनुगमन गरेको बडिमालिका नगर पालिकाले जनाएको छ ।

May be an image of 6 people, tree and outdoors

दिगो खानेपानी ब्यबस्थापनका लागि केही योजनाहरु सम्पन्न हुन थालेको अबस्थामा अवको केही समयमै खानेपानीको ब्यबस्थापन गर्न सकिने बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । अनुगमनमा गएको टोलीले निकालेको निस्कर्षमा अहिले ल्याईएको मुहान दिगोपन नहुने निष्कर्ष निकालेको प्रबक्ता पाध्यायले बताएका छन । सामान्य केही बर्ष सम्म अहिलेकै ठाउँबाट खानेपानी ब्यबस्थापन हुन सक्ने र बजारमा बढ्दो जनसंख्यालाई सो मुहानमा रहेको पानी प्रयाप्त नुहने अनुगमन टोलीका सदस्यहरुले बताएका छन ।

May be an image of 3 people and outdoors

अहिलेको मुहान रहेको बृहत खानेपानीको माथीबाट सडक खनिएका कारण पानी धमिलो आउने गरेको छ । अहिले बजारमा बितरण खानेपानी बर्षा भएको दिन सडकबाट माटो बगेर मुहानमा मिसीने गरेकोले खानेपानी सुद्ध नभएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको समन्वयमा बृहत खानेपानीको मुहानबाट आएको पानी सुद्धिकरण गर्ने ट्याकीं बनिसकेकोले केही दिनमै सुद्धिकरण गरेर खाने पानी बितरण गरीने बडिमालिका नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार