होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • सहास नेपालले गर्यो वडा स्तरीय समिक्षा गोष्ठी सम्पन्न
खप्तड छेडेदह

सहास नेपालले गर्यो वडा स्तरीय समिक्षा गोष्ठी सम्पन्न

  • नागरिक रैबार
सहास नेपालले गर्यो वडा स्तरीय समिक्षा गोष्ठी सम्पन्न

रिमा विश्वकर्मा /बाजुरा १ असार। वडा स्तरीय एक दिने समिक्षा गोष्ठी मार्तडीमा सम्पन्न भएको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालको आयोजनामा उक्त गोष्ठी बडीमालिका नगरपालिका ९ को वडा कार्यालयमा सम्पन्न भएको हो ।

गोष्ठीमा सहास नेपालद्धारा संचालन भएको स्थानीय प्रयासद्धारा खाद्य सुरक्षा रुपान्तत्रण (लिफ्ट) परियोजनाले बडीमालिका नगरभित्र ३ वर्षमा गरेका कामहरुको प्रगति बारे समिक्षा गरेको छ ।

परियोजनाले ३ वर्ष देखि बडीमालिका नगरपालिकामा गरेका कामहरुको बारेमा समिक्षा गरिएको सहास नेपालका स्थानीय प्रयासद्धारा खाद्य सुरक्षा रुपान्तत्रण (लिफ्ट) परियोजनाका जिल्ला संयोजक देसिन्द्र राईले बताएका छन् । ३ वर्ष देखि संचालन भईरहेको लिफ्ट परियोजनाले बडीमालिका नगरपालिका, गौमुल र खप्तड क्षेडेदह गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गरिरहेको थियो ।

विज्ञापन

परियोजनाले ३ वर्षको अवधिमा सिमान्तकृत साना किसानहरुकोे खाद्य सुरक्षा तथा पोषणको स्थितिमा सुधार ल्याउने, संजाल संस्थाहरु एकिकृत सामुदायिक विकासको लागि क्रियाशिल सिमान्तकृत समुदायहरुले जलवायु मैत्री कृषि अभ्यासहरु अपनाउने लक्ष्य लिएको परियोजना संयोजक राईले बताएका छन् ।

बडीमालिका नगरपालिकाको सेवा क्षेत्र भित्रका सिमान्तकृत, दलित, जनजाति र विपन्न समुदायको आर्थिक स्तर वृद्धि गर्न र व्यवसायीक जिविको पार्जनमा टेवा पुर्याउन परियोजनाले ३ वर्षमा गरेका कामहरुको बारेमा परियोजनाका कृषि प्राविधिक दीपक बहादुर धामीले गोष्ठीमा सहभागि हरुलाई जानकारी गराएका थिए ।

No description available.

बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा गरिएको वडा स्तरीय समिक्षा गोष्ठीमा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका प्रवक्ता धर्मराज पाध्याय रहेका थिए । सहास नेपालकी पैरवी तथा साझेदारी सहजकर्ता जनदेवी बोगटीले संचालन गरेको उक्त गोष्ठीमा विशिष्ट अतिथि बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, ३ का अध्यक्ष डवल रोकाया रहेका थिए । त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य राजेश विक, अम्विका विक, वडा सदस्य पार्वति जैशी लगायत कृषक समुहरुका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार