होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
समाचार

बाजुरामा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

  • नागरिक रैबार
बाजुरामा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

नागरिक रैबार/बाजुरा ७ असार । बाजुरा जिल्लामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा सदरमुकाम मार्तडीमा योग दिवस मनाइएको आयुर्वेद स्वास्थ्य केन्द्रकी कर्मचारी नर्मदा कुवरले बताएकि छन् ।
प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतमा सदरमुकाम मार्तडी योग दिवस मनाइएको हो । मानवताको लागि योग भन्ने नाराका साथ  जिल्लामा मनाइएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यलय प्रमुख रंग बहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा योग प्रशिक्षक हरिचन्द्र पाध्याय रहेका थिए ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार  हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै