होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा जेठ महिनाभित्र ३ जना जबरजस्ती करणीको आरोपमा पक्राउ
Breaking News

बाजुरामा जेठ महिनाभित्र ३ जना जबरजस्ती करणीको आरोपमा पक्राउ

  • नागरिक रैबार
बाजुरामा जेठ महिनाभित्र ३ जना जबरजस्ती करणीको आरोपमा पक्राउ

नागरिक रैबार/बाजुरा १ असार। जबरजस्ती करणी गरेको आरोपमा बाजुराका तीन जना पक्राउ परेका छन् । जेठ महिनाभित्र बजरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जबरजस्ती करणी उद्योग गर्ने बडीमालिका नगरपालिका–१ का १८ वर्षीय हर्कबहादुर दानी जेठ २५ गते शनिबार बेलुका पक्राउ परेका छन् । सदरमुकाम मार्तडीबाट घर जादै गरेको अवस्थामा बुडाचौर पिनालेख जंगलमा बटो पछ्याउँदै पीडितलाई हातपात गरी जबरजस्ती करणी गर्न खोज्ने दानीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले बताएका छन् ।

जबरजस्ती करणी गर्न खोज्दा पीडित कसूरदार दानीको पञ्जाबाट भाग्न सफल भई पीडितका बुबाले कारबाही गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पश्च्यात खटिएको प्रहरी टोलीले पिनालेख जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी बाजुरा जिल्ला अदालतबाट अनुमति लिई पक्राउ परेका दानीमाथि थप अनुसन्धान भईरहेकाे थापाले बताए ।

विज्ञापन

त्यस्तै जबरजस्ती करण गरेको आरोपमा बुढीगंगा नगरपालिका–२ ताप्राका ३३ वर्षीय ईन्द्र बहादुर थापा पनि पक्राउ परेका छन् । जेठ २५ गते राती पीडित भुईतलाको कोठामा सुतेको अवस्थामा घरको झ्यालबाट प्रवेश गरी डर धम्की देखाई जबरजस्ती करणी गरी फरार भएका थापा जेठ २६ गते आइतबार पक्राउ परेका हुन् ।

जबरजस्ती करणी गरी फरार भएका थापालाई कानुन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनि पीडितले कार्यालयमा जाहेरी दिएपछि कसूरदार जिल्लाको बुढीगंगा नगरपालिका–२ तप्रास्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा राती २ बजे पक्राउ पारेका हुन् । उनीमाथि पनि जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै जबरजस्ती करणी कै आरोपमा गौमुल गाउँपालिकाका एक जना पक्राउ परेका छन् । सोही पालिका वडा नं.६ का करणी गर्ने व्यक्ति पक्राउ परेका हुन् । निजको घरबाटै नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको प्रहरी नयाव उपरीक्षक थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार