होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ असार । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा दोश्रो जिल्ला सभा मार्तडीमा सम्पन्न भएको छ । संघ प्रदेश र स्थानीय तहवीच समन्वय, शुसासन, सहभागिता र पारदर्शिता, स्वास्थ्य, कृषि, रोजगारी र शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ मंगलबार जिल्ला समन्वय समिति बाजुराको दोस्रो जिल्ला सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष आर्थिक […]
बाजुरा: जिल्लाको बुढिनन्दामा भेटिएको कंकाल दुई बर्ष अगाडि बेपत्ता भएका पत्रकार तेजु खड्काको भएको पुष्टि भएको छ। २०७६ मंसिरमा कंकाल भेटिएकोमा उक्त कंकाल खड्काको भएको पुष्टि भएको हो। ‘नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षणकालागि पठाइएको थियो,’ जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराईले भने, ‘डिएनए रिपोर्ट हेर्दा खड्काकै कंकाल भएको पुष्टि भएको […]
राजेन्द्र बिक बाजुरा१६असार। बाजुराको बडिमालिका नगरपालिका वडा न.५मना स्थित कैलशेस्वरी माद्यामिक बिद्यालयमा बाढी पस्दा लाखौंको क्षति भएको छ। बिहिबार र आइतबार आएको मुसलधारे पानीले बिद्यालयमा बाढी पसि १८लाखमा निर्माण भएको ४कोठे भवनको अगाडि पट्टीको पुरै भाग भांसि वाल फुटेको तथा अर्को तलतिर रहेको ४कोठे भवनमा समेत पुर्णरुपमा असर गरेको बिद्यालयका प्रधानाध्यापक लछिराम साउंदले बताए।बिद्यालयको भौतिक […]
नागरिक रैबार बाजुरा १६ असार । देशभर सोमबार असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रम गरी मनाईको थियो । सोही अनुसार कृषि ज्ञान केन्द्र बाजुरालेपनि बडीमालिका नगरपालिका वडा नं. ८ स्थित बाउलीमा किसान खन्टे रावलको खेतमा धान रोपेर उक्त दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान उत्पादनमा बृद्धि, […]
बाजुरामा जिल्ला अस्पतालकि काेराेना पाेजेटिभ एक स्वास्थ्यकर्मीले काेराेना जितेकी छन् । उनकाे दाेस्राे जाँच रिपाेट नेगेटिभ आएकाे छ । काेराेना पाेजेटिभ आएकि ति स्वास्थ्यकर्मीकाे दाेस्राे जाँच नेगेटिभ आएकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिकले वताएका छन् । ति स्वास्थ्यकर्मिलाइ हाेटलाकाे क्वारेनटाइनमा राखिएकाे थियाे । उनकाे सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीकाे रिपाेट पनि नेगेटिभ आएकाे अस्पताल […]
बाजुरा: जनता आवास कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाका करिब एक हजार घरका छाना फेरिने भएका छन्। खर र फुसले छाएका नौ वटै स्थानीय तहका एक हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ। तीन वर्षभित्र देशभरका सबै खर र फुसका छाना विस्थापन गर्ने नीतिअनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि हजारभन्दा बढी घर परेका छन्। […]
राजेन्द्र बहादुर रोकाया। बाजुरामा आईतबार ९६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । ४९ पुरुष र ४७ महिला गरी ९६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् । आईतबार थपिने संक्रमित मध्य बुढीगंगा नगरपालिका, ७९ जना र बडिमालिका नगरपालिका १७ जना रहेका छन् । […]
बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए ।टेकुको प्रयोगशालामा नगरपालिकाका वडा नम्बर १ देखि […]
नागरिक रैबार/बाजुरा १४ असार। बाजुरामा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा बाजुराका ९६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै बाजुरामा कोरोना संक्रमितको संख्या २८८ पुगेको स्वास्थ्य कार्यालय बाजुराले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । आइतबार थपिएका मध्ये बडीमालिका नगरपालिका १७ जना र बुढीगँगा नगरपालिकाका ७९ […]
जीवन कैला बाजुरा १३ असार। बाजुराको हिमाली गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ का लागि बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँसभामा अनुमानित ३४ करोड ८१ लाख ९२ हजार ६ सय ५३ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । जसमा चालु तर्फ रु ७ करोड ६० लाख र पुजीगत तर्फ १० करोड ३६ […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १३ असार । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाले कोरोना परिक्षणका लागी स्वाब जुम्ला पठाएको छ । नगरपालिकामा रहेका विभिन्न क्वारेन्टिनमा बसेकाको पीसीयार परिक्षणका लागि स्वाब जुम्ला पठाईएको हो । बुढिनन्दा नगरपालिका भित्र रहेका १२ क्वारेन्टाइनबाट ३६८ जनाको स्बाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पु¥याईएको नगर प्रमुख पदम गिरिले बताउनुभएको छ […]
नागरिक रैबार/बाजुरा १३ असार। बाजुरामा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार शिक्षण अस्पताल काठमाडौंमा गरिएको काेराेना परिक्षणमा बाजुराका ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हाे शनिबार काेराेना पुष्टि भएका मध्ये १२ जना महिला र ५१ जना पुरुष रहेका छन् । यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या १९२ पुगेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ […]
राजेन्द्र राेकाया बाजुरा १२ असार चालू अार्थिक वर्ष सकिनै लाग्दा जिल्लाकाे बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेकाे छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालको एकाएक सरुवा गरेपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको हाे । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि नगरभित्रका काम सम्पन्न भएका योजनाहरुको […]
जिवन कैला बाजुरा,१२ असार बाजुराको बुढीनन्दा नगरपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ्य, सडक, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिदै बुढीनन्दा नगरपालिकाको चौथो नगर सभा बाट आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा लक्षित वर्ग कार्यक्रम अन्र्तगत नगरपालिकाका […]
नागरिक रैबार/बाजुरा १२ असार। बाजुरामा थप २३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार टेकुमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्ये २२ जना गाैमुल गाउँपालिका र १ जना स्वामीकार्तिक गाउँपालिकाका रहेका छन् । जसमध्ये १४ जना पूरुष छन् भने ९ जना महिला रहेका छन् । शुक्रवार थपिएका २३ जना संगै बाजुरामा कोराेना संक्रमितको संख्या १२९ […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १२ असार । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा स्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ। क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले जानकारी दिनुभएको छ। असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी गरिएका हुन्। क्वारेन्टिनबाट कचौरा […]
नागरिक रैबार/बाजुरा ११ असार । जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको पहलमा गौमुल गाउँपालिका–१ अन्द्राडी बस्तिका लागि आर्थिक सहयोग प्राप्त भएको रकमबाट आज राहत वितरण गरिएको छ । विगत लामो समयदेखि न्युयोर्के अमेरिकामा बस्दै आएका अध्यक्ष रोकायाका मिलनसार शुभचिन्तक मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका थिए । काठमाण्डौं घर भई हाल न्युयोर्के अमेरिकामा रहेका शेर्पाले […]
राजेन्द्र बहादुर रोकाया /बाजुरा ११ असार। जिल्लाको हिमालि गाउँपालिकाको गाउसभा तिन देखी जारी रहेको छ । आज गाउँपालिकाको नीति तथा कार्यक्रम गाउसभामा प्रस्तुत गरिएको छ भने भोली गाउसभामा बजेट प्रस्तुत हुने भएको छ । गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]
जीवन कैला बाजुरा,१० असार बाजुराको हिमाली गाउँपालिकाको छैटौं गाउँ सभा आज देखि सुरु भएको छ । “जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने मुल नाराका साथ हिमालीको छैटौं गाउँ सभा आज देखि सुरु भएको हो । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द […]
अनिल शाही/बाजुरा,१० असार। बाजुराको जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातांै गाउँ सभा बाट आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरीएको हो । गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको विकाश र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । निती तथा कार्यक्रम सार्वजनिक गर्दै […]