होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ओलीको पक्षमा प्रर्दशन, प्रर्दशन बारे पार्टीलाई थाहा छैन्ः सचिव बुढा
बाजुरा बिशेष

बाजुरामा ओलीको पक्षमा प्रर्दशन, प्रर्दशन बारे पार्टीलाई थाहा छैन्ः सचिव बुढा

  • नागरिक रैबार
बाजुरामा ओलीको पक्षमा प्रर्दशन, प्रर्दशन बारे पार्टीलाई थाहा छैन्ः सचिव बुढा

मदन वि.क./बाजुरा २४ असार। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी –नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद धरापमा परेपछि देशभर ओलीका पक्षमा नेता तथा कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका छन् । ओलीका पक्षमा प्रर्दशनमा उत्रेका नेता कार्यकर्ताहरुले ओलीको दुवै पद यथास्थानमा कायम राख्न माग गर्दै सडकमा प्रर्दशन गरिरहेका छन् ।

बुधबार बाजुरामा पनि ओलीका पक्षमा नेता तथा कार्यकर्ताहरुले सदरमुकाम मार्तडीमा प्रर्दशन गरेका छन् । बुधबार अनेरास्ववीयुका विद्यार्थी नेता चेतन अयडी, अनेरास्ववीय बाजुरा संयोजक राजिव रोकाया, राष्ट्रिय युवा संघ बाजुराका सदस्य शंकर चंदारा लगायत अनेरास्ववीयु र राष्ट्रिय युवा संघका सयौं युवा नेता तथा युवा कार्यकर्ताहरुले ओलीको नेतृत्वमा स्थायी सरकार आवश्यक रहेको भन्दै प्रर्दशन गरेका छन् ।

यस अघि केन्द्रिय कमिटीमा नेकपाका अध्यक्ष पुष्पकमल दहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल सहितका स्थायी कमिटीका नेताहरुले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि देश भर ओलीका पक्षमा प्रर्दशन भईरहेको छ ।

विज्ञापन

यता नेपाल कम्युनिष्ट पार्टी बाजुराका जिल्ला कमिटी सचिव भरत बुढाले आफुलाई प्रर्दशनबारे कुनै जानकारी नभएको बताएका छन् । उनले ओलीको पक्षमा प्रर्दशन र आन्दोलन गरेर सडकमा उत्रिनु भनेको पार्टीलाई फुटाउने ठुलो षडेन्त्र भएको बताएका छन् । उनले पार्टीको विधि विधान अनुसार चल्नु पर्ने बेला नेकपा बाजुरालाई कुनै किसिमको जानकारी नगरी नेकपाकै कार्यकर्ताहरु यसरी सडकमा उत्रिनुले नेकपा बाजुरालाई नै कमजोर पार्ने रणनिती बनेको प्रति आपत्ति जनाएका छन् ।

नेकपा बाजुराकै कार्यालय सदस्य गगन रावलले भने नेकपा बाजुरा जिल्लामा कुनै गुट उपगुट नगरि सवै नेता तथा कार्यकर्ताहरु एकताबद्ध भएर अघि बढीरहेको बेला यसरी नेकपा भित्रकै केही नेता तथा कार्यकर्ताहरु एक नेताको पक्षमा सडकमा उत्रेर आन्दोलन गर्नु अस्वभाविक कुरा भएको बताएका छन् । यदी पार्टी भित्रबाटै गोप्य रुपमा गुटबन्दी गरेर कार्यकर्ताहरुलाई ओलीको पक्षमा प्रर्दशन गर्न कुनै नेताले निर्देशन दिएको भए पार्टी भित्र छलफल गर्ने बताए ।

त्यस्तै नेकपा बाजुराकै कार्यालय सदस्य समेत रहेका नेता जनक कुमार बोहराले केपी ओलीको नेतृत्वमा स्थायी सरकार भएको बेला कुर्चिकै लागि सरकारलाई ढाल्ने प्रयास आफ्नै पार्टी भित्रका नेताहरुबाट भएको हुँदा ओली नेतृत्वको स्थायी सरकारको समर्थन युवाहरुले गर्नु स्वभाविक कुरा भएको बताएका छन् । उनले बाजुरामा ओलीको पक्षमा कुनै किसिमको प्रर्दशन गर्नु पर्छ भनेर नेकपा बाजुराको तर्फबाट भने कुनै निर्देशन नभएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार