होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आईएनएफ बाजुराले बाँड्यो विपन्न परिवारलाई खाद्यन्न
देश/प्रदेश

आईएनएफ बाजुराले बाँड्यो विपन्न परिवारलाई खाद्यन्न

  • नागरिक रैबार
आईएनएफ बाजुराले बाँड्यो विपन्न परिवारलाई खाद्यन्न

नागरिक रैबार/बाजुरा २८ असार। आईएन एफ बाजुरा शाखाले कोभिड–१९ का कारण प्रभावित बनेका विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।

आईतबार बडीमालिका नगरपालिका वडा नं. ८ का १ सय ८ जना विपन्न परिवारलाई उनीहरुको घरमै पुगेर राहत स्वरुप प्रति परिवार १ कटा चामल, तेल दाल लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो ।

विज्ञापन

कोभिड–१९ को प्रति कार्ययोजना राहत तथा स्वच्छता सामाग्री वितरण कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका ८ का विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको आईएन एफ बाजुराका जिल्ला संयोजक जुहारीलाल कार्कीले बताएका छन् ।

 

राहत वितरण कार्यक्रममा बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, सदस्य नरबहादुर अयडी, आईएनएफ बाजुराका जिल्ला संयोजक जुहारीलाल कार्की, तिलक भण्डारी, नरदिप ओड लगायतको सहभागिता रहेको थियो ।

आईएनएफ बाजुराले कोभिड–१९ का कारण प्रभावित वनेका विपन्न परिवारका लागि खाद्यन्न सहयोग गरेपछि स्थानीयहरुले केही दिनका लागि भएपनि परिवारको गुजरा चलाउन सकिने बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार