होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बुढीनन्दा ७ को वडा कार्यालयमा तालावन्दी
स्वास्थ्य-जीवनशैली

बुढीनन्दा ७ को वडा कार्यालयमा तालावन्दी

  • नागरिक रैबार
बुढीनन्दा ७ को वडा कार्यालयमा तालावन्दी

जीवन कैला/बाजुरा २१ असार। जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ७ को वडा कार्यालयमा तालावन्दी गरिएको छ ।

कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न वडा कार्यालयले हेलचक्रयाई गरेको भन्दै नेकपा ७ न वडा संगठन कमिटीले आईतबार दिउसो वडा कार्यालयमा ताला बन्दी गरेका हुन् ।

अाइतबार नेकपा वडा संगठन कमिटीका लालविर कडारको नेतृत्वमा गएको टोलीले आईतबार दिउसो अनिश्चित कालका लागि वडा कार्यालयमा तालावन्दी गरेका हुन् ।

विज्ञापन

वडा कार्यालयमा तालावन्दी गर्दै वडा संगठन कमिटीका लालविर कडाराले भने वडा भित्रका क्वारिन्टेनमा राखिएकाहरुलाई पिसिआर रिपोट नआउँदै नगरपालिकाले घर पठाउन निर्देशन दिएपछि वडा कार्यालयमा तालावन्दि गर्न बाध्य भएको बताए  ।

वडा कार्यालयमा तालावन्दी गर्दै स्थानीयहरुले भने कोरोना भाईरस पोजेटिभ रिपोट आएका व्यक्तिलाई क्वारेन्टिन वा आईसोलेसनमा राख्ने व्यवस्था मिलाउनु पर्ने माग राखेका राखेका छन् ।

संक्रमितहरू गाउँमा जथाभावी हिड्दा अन्य स्थानीयलाई काेराेना भाईरसकाे संक्रमण फैलन सक्ने भएकाले नगरपालिका र वडा कार्यालयले संक्रमितलाई निश्चित ठाउँमा राख्न माग गरेका छन् ।

वडा नंं ७ को घटाल आधारभुत विद्यालयको क्वारेन्टाईमा बसेका मध्ये १४ जनाको पिसिआर रिपोट पोजेटिभ देखिएको थियो ।

गाउँका १४ जनाको पिसिआर रिपोट पोजेटिभ आएपछि गाउँनै त्रसित बनेको छ । गाउँमा १४ जना कोरोना संक्रमित भेटिएपछि स्थानीयहरुले उनीहरुलाई आईसोलेनमा राख्नु पर्ने माग गरेका छन् । साथै उनीहरुको घरपरिवारलाई तत्कालै क्वारेन्टाइनमा राख्ने व्यवस्था नगरुन्जेल सम्म वडा कार्यालयमा तालाबन्दी जारी राख्ने नेकपा वडा नं. ७ संगठन कमिटीले जनाएको छ ।

त्यस्तै वडा नं. ५ को नन्देश्वरी माद्यमिक विद्यालय र पन्चलक्ष्मी आधारभुत विद्यालयको क्वारिन्टेनमा रहेका व्यक्तिहरुको पनि पिसिआर रिपोट नआउँदै घर पठाईएको पाईएको छ । भारतबाट सिधै गाउँ प्रवेश गरेका व्यक्तिहरुलाई सुरक्षित राख्नका लागि क्वारेन्टिन स्थल बनाईएका भएपनि अहिले ती क्वारेन्टिन स्थलहरु भने खालि देखिएका छन् ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि बुढीनन्दा नगरपालिकाले जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको भएपनि त्यो व्यवस्थापन प्रभावकारी नभएको स्थानीयहरुले बताउने गरेका छन् ।

बुढीनन्दा नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाममा २ करोड ५० लाख खर्च गरिसकेको छ तर व्यवस्थापन भने फितलो भएको हुँदा उक्त रकम जनतालाई फिर्ता गर्नुपर्ने उनीहरको माग रहेको छ । साथै नगरपालिकाले नगरभित्रका क्वारेन्टिनमा बसेकाहरुको व्यवस्थापन गर्न नसकेको खण्डमा नेकपाले जिम्मेवारी लिने पनि बताईएको छ ।

सवैको जुम्ला कणर्ाली प्रतिष्ठानमा कोरोना परिक्षण गरिएको थियो । हिजो शनिबार घटाल आधारभुत विद्यालयका ११ पुरुष २ महिलामा कोरोना पुष्टि भएको थियो । त्यस्तै नन्देश्वरी माविको क्वोन्टिनमा ४ महिला १ पुरुष र सत्यमाविमा १ जना पुरुष रहेका छन् । यी मध्ये अहिले सम्म नगरपालिका भरि १० जना महिला र ३३ जना पुरुष गरी ४३ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित देखिएका सवैको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोना परिक्षण गरिएको थियो । नगरपालिकाले हालसम्म ३ सय ६६ जनाको स्वाव संकलन गरेर पिसिआर रिपोट परिक्षणका लागि जुम्ला पठाएको थियो नगरपालिकाका कोभिड १९ का फोकल पर्सन ओमजंग शाहीले जानकारी दिनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार