होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नरजीत शाहीको लागि खाद्यन्न र उपचार खर्च जुटाउँदै मनोज सिंह
समाचार

नरजीत शाहीको लागि खाद्यन्न र उपचार खर्च जुटाउँदै मनोज सिंह

  • नागरिक रैबार
नरजीत शाहीको लागि खाद्यन्न र उपचार खर्च जुटाउँदै मनोज सिंह

नागरिक रैबार/बाजुरा २४ असार। जिल्लाको जगन्नाथ गाउपालिका वडा नं ५ गोत्री, स्थायी घर भई हाल काठमाडौ जिल्ला गोकणेश्वर नगरपालिकाको शनिष्टार गाउँमा बस्दै आईरहेका ४३ वर्षका नरजित शाही दुई बर्ष अगाडि आफ्नो श्रीमतिको उपचार गर्न र छोरा छोरिको भबिस्य उज्जल बनाउन काठमाण्डौ गएका थिए । शाहि केही महिना देखि कम्मरको नसा च्यापिएर थला परे पछि अहिले घरमै तड्पिएका छन ।

बिगत २ बर्ष देखी शाहि एउटा गाई पालन फर्ममा काम गर्दै आफ्नो श्रीमती र १२ बर्ष भन्दा मुनिका ५ जना सन्तानको कष्टका साथ पालनपोषण गर्दै गुजारा चलाईरहेका थिए । ७ महिना देखी शाहिको कम्मरको नसा च्यापिएर थला परिरेपछि उनको आर्थिक बिपन्नताका कारण उपचार प्रक्रिया अघि बढ्न नसकेको शाहिका आफन्तले बाताएका छन् ।
विरामले थला परेपछि शाहीलाई आफ्नो उपचार खर्च परिवारको जोहो गर्न निकै समस्या हुँदै आएको छ । बिर अस्पतालमा उपचारको लागि राखिएता पनि उनको अप्रेसन गर्नु पर्ने हुँदा उनको अप्रेसन गर्न मामुलि चार लाख रुपैया जति लाग्ने भएकाले उनिसंग आर्थिक अबस्था कमजोर भएकाले उनलाई अस्पताले रिफर गरेको थियो । उनी विरामले थला परेपछि उनको उपचारको त कुरै पर छोड उनका श्रीमती र ५ सन्तान लाई बिहान बेलुकाको छाक टार्न समस्या समेत भएको छ ।

Image may contain: 5 people, people sitting and outdoor

विज्ञापन

नरजित शाहीको यो समस्यालाई बुझेर उनको परिवारको दैनिकी र नरजित शाहीको उपचार खर्च जुटाउन काठमाण्डौमा सामाजिक अभियान्ता मनोज सिंह ठकुरी लागि रहेका छन् । कोरोना महामारीको कारणले बाजुरा स्थायी घर भई उपत्यकाको विभिन्न ठाउँमा ज्याला मजदुरी गरिरहेका मजदुर र कोभिड १९ को कारणले अफ्ठ्यारो अवस्थामा परेका बिधार्थीहरुलाई खाध्यान्न राहत बाँड्दै गरेको अवस्थामा शाहि संग भेट भएको अभियान्ता मनोज सिँहले बताए । शाहिको परिवारलाई खाद्यन्न र उनको पुणर् उपचार गर्ने बाचा सहित अभियान्ता मनोज सिंहले बिर अस्पतालमा शाहीको उपचार प्रक्रिया अघि बढाएको बताएका छन् ।

नरजित शाहीको उपचारको समस्या मात्र नभई उहाँको परिवारमा दैनिक गुजाराको पनि समस्या भएको कारण उहाँ र उहाँको परिवारलाई आर्थिक, खाद्यान्न र लत्ताकपडाको सहयोग गरिदिनहुन सम्पुणर् सहयोगी मनहरुलाई समेत हार्दिक अपिल गरेका छन । सहयोग गर्न चाहाने महानुभावले सामाजिक अभियन्ता तथा यस सहयोगमा सक्रिय मनोज सिंह 9864531983 मा सम्पर्क गर्नुहोला ।

सामाजिक अभियन्ता मनोज सिंह ठकुरी विगत लामो समयदेखि नै निस्वार्थ भावना मा रहेर समाज सेवा गर्दै आएका छन् । तेती न भई अहिले भने नेपाल स्वयंमसेवक संघ युवा सङ्गठन बाजुरा जिल्ला का सल्लाहकार समेत रहेका छन।
मनोज ठकुरी एक शक्ति साली युवा पनि हुन। ठकुरी covid 19 कोरोना महामारी काे बेला निकै खटिएर भोक प्यास रात दिन न भनी नेपाल काे हरेक क्षेत्रका नाका नाका मा पुगेर भोलेन्टियर पनी गरेका थिए। अहिले भने नरजित शाही बचाऊ अभियान निकै खटिएर अभियान चलाएका छन् ।
यही क्रममा ठकुरी अहिले विवाद मा पनि आएका छन केही अबुझ व्यागतिले ठकुरी काे आलोचना पनी गरेका छन् ठकुरी काे भनाई अली कति पीडम बना लाग्यो आफ्नै आफन्त ले आलोचना गरे काे जनाएका छन ठकुरी निस्वार्थ हुन ठकुरी काे साथमा असल असल कलाकार र केही राजनीति दलका नेताहरु ले पनि सपोट गरेका छन् । ठकुरी काे कथा निकै गम्भीर छ उनी गरीब सन्तान को कोख मा जन्मिएका थिए ।
उनी जन्मिनु 8 वर्ष पछी ठकुरी ले बुवा मिर्गौला फेल भई गुमाए का थिए ठकुरी लाई गाउँको मान्छे निकै हेला पनि गर्थे अहिले भने ठकुरी बाजुरा जिल्लाको हरेक दुःखी गरीब लाई हेरिरहेका छन्। ठकुरी काे सपना भने बाजुरा जिल्ला बासी लाई आर्थिक सम्पन्न हुने गरी पलानिङ र भिजन बनाएका छन।

Image may contain: 2 people, people standing, shoes and outdoor

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार