होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमालीमा फलफुल तथा बोट विरुवा वितरण गर्न सुरु
बाजुरा बिशेष

हिमालीमा फलफुल तथा बोट विरुवा वितरण गर्न सुरु

  • नागरिक रैबार
हिमालीमा फलफुल तथा बोट विरुवा वितरण गर्न सुरु

राजेन्द्र बहादुर रोकाया/बाजुरा १७ असार। हिमाली गाँउपालिकाले फलफुल तथा बोट विरुवाहरु वितरण गर्न सुरु गरेको छ । एक घर बरावर ५ रुख राप्ने , हरावरा वातावरण भन्ने मुल उदेष्यका साथ गाँउपालिकाले फलफुल तथा बोट विरुवा वितरण गर्न थालेको छ । गाँउपालिकाले        भुक्षय रहित गर्न र बातावरण प्रदुषण हुनबाट रोक्न उक्त कार्य थालनी गर्न लागेको हो ।

गाउँपालिकाको आर्थिक सहयोग र ग्रामिण खाद्य सुरक्षाका लागी वृक्षारोपण कार्यक्रम अन्तरगत उक्त कार्य सुरु गरेको हिमाली गाँउपालिकाले जनाएको छ । आज गाँउपालिकाको वडा नं ७ बाधुबाट उक्त बोट विरुवाहरु वितरण गर्न सुरु गरेको वडा अध्यक्ष जय बहादुर अधिकारीले जानकारी दिनु भएको छ ।

फलफुल तथा बोट विरुण वितरण कार्यक्रममा कागती , आम , अनार लगाएतका विरुवाहरु वितरण गरेको वडा अध्यक्ष अधिकारीले बताउनु भएको छ । जस मध्य कागती १ सय ९० बोट , अनार १ सय ९ बोट र आम २ सय ९० बोट वडा नं ७ का १ सय ८५ घरधुरीलाई आज वितरण गरिएको बताइएको छ ।

विज्ञापन

गाँउपालिकाले एक घरका एक जना प्रती एक बोट रोपे बाफत ५ कजी चामल दिने हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताउनु भएको छ । अध्यक्ष मल्लका अनुशार आफैले विरुवा उपलव्ध गराई सुख्वा ठाँउमा विरुवा रोपे बाफत पनी ५ केजी चामल दिने बताउनु भएको छ । यसै विच रोयल नौलाकोट पसुपन्छी तथा कृर्षी फार्मको अनुगमन गरिएको छ । नेपाली कांग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितको नेतृत्वमा १० जनाको टोली पहिला वितरण गरेको गराउन्ड फलमा गएर अनुगमन गरेको सहकर्मी मान बहादुर ऐडीले जानकारी दिनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार