होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा नदिमा बेपत्ता भएका थापाको खोजी गर्न गोताखोरको टोली बाजुरामा, खाेजी कार्य जारी
समाचार

बुढीगंगा नदिमा बेपत्ता भएका थापाको खोजी गर्न गोताखोरको टोली बाजुरामा, खाेजी कार्य जारी

  • नागरिक रैबार
बुढीगंगा नदिमा बेपत्ता भएका थापाको खोजी गर्न गोताखोरको टोली बाजुरामा, खाेजी कार्य जारी

राजेन्द्र बहादुर राेकाया बाजुरा ।
बाजुरामा नदीमा डुबेर वेपत्ता भएका १९ वर्षीया युकलाई खाजी गर्न गाताखोरको टाली बाजुरा आएको छ ।

जिल्लाको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका प्र्ताब थापाको खोजीका लागि गोताखोरकोटोली बाजुरा आएको हो । नदी भित्रको बस्तु स्थिति वा अवस्था बारे खोजीका लागि टोली बाजुरा आएर खोजी कार्य सुरु गरेका छन् ।

बुढीगंगा नगरपालिका २ बस्ने १९ वर्षका प्रताब थापा असार २२ गते बुढीगंगा नदीमा बगेर बेपत्ता भएका हुन ।
संघिय सरकारको पहलमा हेलिकप्टर मार्फत गोताखोरको टिम पठाएर खोजी सुरु गरिएको छ ।

विज्ञापन

नदीमा पानीको बहाब बढी भएकोले, खोजी कार्य सहज नभएपछि नेकपा प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री कर्णबहादुर थापा, संघिय सभा सदस्य लालबहादुर थापा सहीतको पहलमा गोताखोरको टोली बाजुरा आएको हो ।

पानी भित्रै पसेर टोलीले खोजी गर्न सक्ने र अवस्था बारे जानकारी हुने विश्वास सहीत टोली परिचालन गरिएको छ । बर्षादको समय र पानीको बहाब निकै बढी भएकोले धमीलो पानीमा गोताखोरको टोलीलाई समेत खोजी कार्यमा समस्या देखिएको छ ।

मेसिन सहीत अक्सीजनको प्रयोग गरेर टोलीले पानी भित्र पसेर खोजी गर्ने गरेपनि अहिलेसम्म कुनै अवस्था बारे जानकारी प्राप्त भइसकेको छैन् । टोलीले बेपत्ता भएको स्थानदेखि अछामको साँफे बगरसम्म खोजी गर्ने बताईएको छ ।

बुढीगंगा नगरपालिका १ द्धवारी स्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा बेपत्ता थापाको अवस्था बारे कुनै जानकारी नभएको प्रहरीले बताएको छ । विजुली मर्मतका लागि नदी पारी तर्न खोज्दा असार २२ गते विहान साढे ९ बजे तिर थापा बेपत्ता भएका हुन् ।

साथमा रहेका युवाहरु नदीमा तर्न सफल भएपनि थापा बीच भागबाटै फर्किन प्रयास गरेपनि डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीको भनाई रहेको छ । सँगै नदी तर्न खोजिएपनि २ जना पारी गइसकेपछि थापा सहीत अरुले नदीमा पौडीन सुरु गरेका थिए ।

थापाका बुबा रामबहादुर थापा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा कार्यरत छन् । भने आमा विमला थापा सामाजिक अभियान्ताको रुपमा पीसविन केन्द्रीय समिति अध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार