होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका ११ स्थानबाट दिवा खाजा वितरण गरिदै
Breaking News

बाजुराका ११ स्थानबाट दिवा खाजा वितरण गरिदै

  • नागरिक रैबार
बाजुराका ११ स्थानबाट दिवा खाजा वितरण गरिदै

नागरिक रैबार
बाजुरा २४ असार
बाजुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराले जिल्लाका सात वटा स्थानीय तहहरुका १ सय ३९ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जिल्लाका ११ स्थानबाट दिवा खाजा वितरण गरिरहेको छ ।

कार्यक्रम लागु भएका विद्यालयहरुका लागि घटमुना, तोलीडाँडा, कैलाशमाण्डौ डाँडा, फालासेन बजार, गाज्रा, कोल्टी कवाडी पाण्डुसेन, पिलुचौरबजार र बेर्माजारबाट वितरण भईरहेको शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराले जनाएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहहरु मध्ये बडीमालिका र बुढीगंगा नगरपालिका बाहेक अन्य ७ वटा स्थानीय तहका १ सय ३९ विद्यालयका १५ हजार ४ सय बढी विद्यार्थीहरु यस कार्यक्रमबाट लाभान्वित छन् ।

विज्ञापन

विद्यालयमा विद्यार्थीको भर्ना दर बढाउने, विद्यार्थीको विद्यालयमा नियमित उपस्थिति बढाउने र कक्षा छोड्ने दर घटाउने उद्देश्यका साथ बाजुराका ७ वटा स्थानीय तहमा यो कार्यक्रम संचालन हुँदै आएको छ ।

कोरोना भाईरस कोभिड-१९ का कारण विद्यालय संचालन नभएपछि विद्यार्थीहरुका लागि जिल्लाका ११ वटा वितरण केन्द्रबाट खाजा वितरण भईरहेको शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराका इकाइ प्रमुख विजय कुमार ठाकुरले जानकारी दिनु भएको छ ।

विद्यालयका विद्यार्थीहरुका लागि प्रति विद्यार्थी ६ केजि चामल, १ केजी ५ सय ग्राम दाल, ५ सय मिलि लिटर तेल जिल्लाका ११ वटा वितरण केन्द्रबाट वितरण भईरहेको शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार