होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • खप्तड छेडेदहमा ३ जना किसोरी माथि सामुहिक बलत्कारको प्रयास
खप्तड छेडेदह

खप्तड छेडेदहमा ३ जना किसोरी माथि सामुहिक बलत्कारको प्रयास

  • नागरिक रैबार
खप्तड छेडेदहमा ३ जना किसोरी माथि सामुहिक बलत्कारको प्रयास

नागरिक रैबार/बाजुरा २५ असार। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ पुडावावलामा ३ जना किसोरीमाथि सामुहिक बलात्कारको प्रयास भएको छ ।

बुधबार राति घरमा सुतिरहेको बेला अन्दाजी १२, १४ र १४ वर्षिया ३ जना किसोरीहरुमाथि सोही वडाका कर्मचारी नृप रावतले सामुहिक बलत्कारको प्रयास गरेको गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष मीनबहादुर खड्काले बताएका छन् ।

किसोरीहरु सुतिरहेको बेला वडाका कर्मचारी नृप रावतले गाउँमा अत्याधिक मदिरा सेवन गरेर रातीको समयमा उनीहरु सुतिरेहेको कोठाको ढोका तोडेर ३ जना किसोरी माथि सामुहिक बलत्कारको प्रयास गरेको किसोरीका दाई मुकेश नेपालीले बताएका छन् ।

विज्ञापन

घटनाको बारेमा थप अनुसन्धान गर्न टाँटे प्रहरी चौकीबाट घटनास्थल तर्फ प्रहरी गएको र किसोरी माथि सामुहिक बलत्कारको प्रयास गर्ने रावतलाई प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् ।

प्रहरी निरिक्षक रोकायाले भने किसोरीहरुले आफु माथि भएको घटनाको आधारमा नृप रावतका विरुद्ध किटानी जाहेरी दिएमा रावत विरुद्ध जवरजस्ती करणी अन्तरगतको मुद्धा चलाएर कारवाही गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार