होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चक्र बहादुर अएडी/बाजुरा १२ साउन। बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका ७ जना वडा अध्यक्षले नगरपालिकाको बैठक बहिस्कार गरेका छन । नगरप्रमुखले एकलौटी निणर्य गरेको भन्दै वडाअध्यक्षहरुले बहिस्कार गरेको नगरपालिका प्रबक्ता एबं वडा न ७ का वडाअध्यक्ष प्रेम थापाले बताए। नगरप्रमुखले नगरपालिकामा कुनै पनि काम वडा अध्यक्षको सहमती बिपरीत गरेको भन्दै वडा न ८ र ४ का […]
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका […]
नागरिक रैबार/बाजुरा ११ साउन। नेपाली काँग्रेस बाजुराले ३ साता देखि अवरुद्ध भएको साँफे मार्तडी सडक बैकल्पिक बाटो खोेजेर सुचारु गर्न माग गरेको छ । लगातारको अविरल वर्षाका कारण ३ साता देखि अवरुद्ध रहेको साँफे–मार्तडी राजमार्ग सडक खण्डको दर्जनौं ठाउँमा गएको पहिरो पन्छ्याएर तत्काल सदरमुकाम मार्तडीसम्म जोड्ने बैकल्पिक बाटो खाेजेर तत्तकाल निर्माण कार्य सुचारु गर्न नेपाली […]
बाजुरा — आइएनएफ बाजुराले बाजुरा जिल्लाको पुर्बिउत्तर क्षेत्रमा बाटोमा हात धुने ठाउँ बनाएको छ । आई एन एफ नेपाल र टियरफन्डको सहयोगमा जिल्लाका ३ वटा स्थानीय तहमा हात धुने ठाउँ बनाएको आइएनएफ बाजुराका नरदिप ओडले बताएका छन । आई एन एफ नेपाल र टियरफन्डको सहयोग बडिमालिका र बुढिनन्दा नगरपालिकाको सहकार्यमा कोभिड १९ पर्तिकार्य योजना अनुसार […]
बाजुरा । बाजुरामा अविरल वर्षाका कारण यस वर्ष खाद्य संकट हुने सम्भावना देखिएको छ । निरन्तरको अविरल वर्षाका कारण किसानले लगाएको अन्नवालिमा क्षेति हुँदा यस वर्ष खाद्य संकटको सम्भावना देखिन थालेको हो । लगातारको वर्षाले किसानले लगाएको गहुवालि बोटमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् । स्वामीकार्तिक खापर गााउँपालिका र हिमाली गाउँपालिकाका किसानले लगाएको गहुँवाली वोटमै […]
नागरिक रैबार/बाजुरा ११ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाको लेखा शाखामा अज्ञात समूहले आगजनि गरेको छ । आईतबार विहान नगरपालिको लेखा शाखामा अज्ञात समूहले झ्याल तोडेर भित्र रहेका लेखाका रजिष्टरहरुमा आगजनि गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । प्रहरी निरिक्षक रोकायाका अनुसार आगजनि गर्ने अज्ञात समूहले आगजनि गरेसँगै केसी समूह भनेर लेखेको […]
बाजुराः बाजुरामा छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जबरजस्तीकरण गर्ने बुवालाई पक्राउ गरिएको बताए। उनले ती व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जानकारी दिए। दिनेश खबर बाट
नागरिक रैबार/बाजुरा १० साउन। सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको बाजुरामा अवस्थित बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुलाई यस वर्ष मन्दिरसम्म पुग्न सहज हुने भएको छ । बडीमालिका नगरपालिकाको सहकार्य र बडीमालिका ८ का युवाहरुको सक्रियतामा सदरमुकाम मार्तडीबाट बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि विभिन्न ठाउँमा साँकेतिक सूचकहरुका वोर्ड र खोलामा काठेपुल निर्माण गरिएपछि […]
नागरिक रैबार बाजुरा १० साउन निरन्तरको वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक खण्ड अन्तरतगत दुनीहाटबजार देखि कारागार डिलहुँदै करालासम्मको सडक नेकपा निकट अनेरास्ववीयु र राष्टिय युवा संघमा आवद्ध विद्यार्थी र युवाहरुले मर्मत गरेका छन् । दुनिहाटबजार देखि पानीनाउला सम्मको सडकमा नियमित यातायात सूचारु गरि स्थानीयलाई सहज होस भन्ने उद्देश्यले दुनिहाटबजार देखि कारागार डिल हुँदै करालासम्मको […]
चक्रबहादुर अयडी/बाजुरा १० साउन। जिल्लाको त्रिवेणी नगरपालिकाले आगामी भदौ १ गतेबाट नगरभित्रका विद्यालयहरुमा अध्ययन अध्यापन संचालन गर्ने निणर्य गरेको छ । शनिबार नगरपालिकामा नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको बैठकले नगर भित्रका विद्यालयहरु संचालन गर्नका लागि सवै विद्यालयका प्रधानाध्यापकहरु संग अन्तरक्रियात्मक छलफल गरी क्वारिन्टेन बनाईएका विद्यालयहरुमा सेनिटाईजर तथा मर्मत सम्भार गरि भदौ १ गतेबाट अध्यायन […]
सामाजिक पक्षका विभिन्न संरचनामा बहुलता समाजिक पदार्थ गतिको सामाजिक रुप हो। यसका दुई पक्ष हुन्छन् ।आधार र संरचना।समाजको आघार संरचना हो भने, अर्थतन्त्र को आधार अनुरुप राजनीतिक ,सामाजिक ,संस्कृतिक एबम बैचारिक सम्बन्ध हरुको एकमुष्ट योग भनेको संरचना हो। संरचना को रुप वा विभिन्न पक्ष मा बहुरुप वा बहुलता हुन्छ।केही उदाहरण हेरौ,अस्थित्व का निम्ति संघर्ष का […]
नागरिक रैबार/बाजुरा १० साउन। बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौ कहाँ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । सदरमुकाम मार्तडी बजार र विरेखोला झरनाको रमणीय स्थलमा छायाकंन गरिएको उक्त गीत शुक्रबार एसथ्रिके म्युजिकको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमका विच मार्तडीमा सोही गीतको त्रिवेणी […]
नागरिक रैबार/बाजुरा ९ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाले आर्थिक वर्ष २०७६/७७ मा वडामा संचालन भएका कार्यक्रम तथा योजनाहरुको प्रगति बारे सार्वजनिक सुनुवाई गरेको हो । बस्ती स्तरबाट छनौट भएका विभिन्न योजनामा वडा कार्यालयले आर्थिक बर्ष २०७६/०७७ मा खानेपानी, ढल, सिंचाई, मठमन्दिर, गोरेटो बाटो, विद्यालयका […]
नागरिक रैबार/बाजुरा ८ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ । नेकपा नगर संगठन कमिटी बडीमालिका नगरपालिकाका संयोजक वीरबहादुर रावललको अध्यक्षतामा बसेको उक्त बैठक विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको होे । विहिबार सदरमुकाम मार्तडीमा बसेको नेकपा बडमिालिका नगर संगठन सचिवालयको बैठकले जिल्लामा निरन्तर वर्षा भईरहकोले बाढी पहिरो […]
नागरिक रैबार/बाजुरा ८ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा २० बेडकोे आईसोलेशन केन्द्र संचालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले कोभिड-१९ बाट प्रभावितहरुको उपचार तथा व्यवस्थापनका लागि भन्दै मार्तडीमा २० बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएको हो । बडीमालिका नगरपालिकाको समन्वय र आईएनएफ नेपाल बाजुरा शाखाको सहयोगमा सोही नगरपालिकाकै वडा नं. ८ मा […]
जीवन कैला/कोल्टी ८ साउन। लकडाउनका कारण गत चैत्र ११ गते देखि आन्तरिक उडान वन्द गरेका हवाई सेवा कम्पनीले उडान सुचारु गरेका छन । नेपाल सरकारको मापदण्ड पुरा गरी बुधबारबाट बाजुरामा पनि उडान शुरु भएको नागरिक उड्ययन कार्यालय बाजुराले जनाएको छ । नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिस, गृह मन्त्रालयको अनुमतिमा आरडीटी परिक्षण अनिवार्य […]
बाजुरा । नेपाली काँँग्रेस बाजुराका वरिष्ठ नेता रामसिंह रावलले काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकाे बताएका छन् । महामानव बिपि कोइराला को ३८ औ स्मृति दिवसको अबसरमा नेपाल तरुण दल बाजुराले सदरमुकाम मार्तडीमा अायाेजना गरेकाे विचार गाेष्ठीमा यस्ताे बताएका हुन् । त्रिवेणी नगरपालिकाका नगरप्रमुख समेत रहेका राववले आफू बिपि कोइरालाको सच्चा अनुयायी भएकोले जनता […]
नागरिक रैबार/ बाजुरा ७ साउन। बाजुरामा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौं कहाँ बोलको आधुनिक गीतको म्युजिक भिडियो बजारमा आउने भएको छ । जिल्लाको सदरमुकाम मार्तडी र विरेखोला झरनामा पहिलोपटक छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो अवको केही दिन भित्र बजारमा आउने भएको हो । प्रेम-प्रेमि वीचको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको […]
नरदीप ओड/बाजुरा ७ साउन। जिल्लाको बुढीनन्दा नगरपालिका वडा १० पाण्डुसेनमा घाँस काट्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. १० का अन्दाजि ३८ वर्षिया गोर्खे लवार रहेका छन् ।लवार गाई भैँसीका लागि भन्दै बुधबार विहान नजिकैको भिमपानी भन्ने ठाउँमा घाँस काट्न गएका थिए । विहान १० बजेसम्म […]
नागरिक रैबार/बाजुरा ७ साउन। बडीमालिका नगरपालिका वडा नं ६ मा पर्ने गैरीगाँउ दलित बस्ती हो । जहाँ ३३ घरधुरी बसोबास गर्छन । गैह्रदलित समुदायले दलित बस्तीलाई फोहरको पर्यावाचीको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाँउ दलित टोलले यो परम्परागत तोड्न सफल भएको छ । पूर्ण सरसफाई अभियान अन्तर्गत सरसफाई सम्बन्धि जनचेतनामुलक तथा क्षमता […]