होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अझै भेटिएनन् अम्कोट पहिरोमा पुरिएका पाध्याय
Breaking News

अझै भेटिएनन् अम्कोट पहिरोमा पुरिएका पाध्याय

  • नागरिक रैबार
अझै भेटिएनन् अम्कोट पहिरोमा पुरिएका पाध्याय
पहिरोमा वेपत्ता भएका धर्मराज पाध्यायको खोजी गरिदै ।

नागरिक रैबार/बाजुरा १५ साउन। बुधबार दिउसो करिव ३ बजेतिर अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्याय अझै भेटिएका छैनन् ।

साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा गएको पहिरोमा पुरिएर वेपत्ता भएका पाध्यायको दुईदिन देखि खोजी कार्य जारी  गरिएको भएपनि अझै सम्म भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टँकप्रसाद भट्टराइले जानकारी दिनुभएको छ ।

पहिरोमा वेपत्ता भएका पाध्यायको खोजीका लागि नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले २ दिनसम्म खोजी गर्दा पनि पहिरोमा कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक (डिएसपी) टंक प्रसाद भट्राईले जानकारी दिएका छन् ।

विज्ञापन

डिएसपी भट्टराईका अनुसार पहिरो गएको ठाउँ एकदमै जोखिम भएकाले खोजी कार्यमा समस्या भएको छ । पाध्याय बुधबार दिउसो अम्कोटमा बाख्रा चराउन गएका बेला एक्कासी माथिबाट आएको पहिरोमा परेर बेपत्ता भएका थिए । उनीसंगै गएका अन्य २ जना भने सामान्य घाईते भएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार