होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • व्यवसायमा जम्दै मार्तडीका युवा निशान्त बडुवाल
सूचना-प्रविधि

व्यवसायमा जम्दै मार्तडीका युवा निशान्त बडुवाल

  • नागरिक रैबार
व्यवसायमा जम्दै मार्तडीका युवा निशान्त बडुवाल

नागरिक रैबार/बाजुरा १७ साउन ।एसएलसी सम्मको अध्ययन गरेर रोजगारीको सिलसिलामा भारतको पन्जावमा नोकरी खोज्न गएका बडीमालिका नगरपालिका ९ डुवालवाडाका २५ वर्षिया निशान्त बडुवाल मार्तडीमा अहिले एक सफल व्यवसायीका रुपमा परिचित छन् ।

विसं २०७१ सालको एलएलसी दिएर रोजगारीको सिलसिलामा भारतको पन्जावमा नोकरी गर्न गएका निशान्त बडुवाल करिव ३ वर्ष अघि आफ्नै भुमिमा फर्किए । भारतमा बस्दा उनले नोकरी मात्रै गरेनन् । उनले त्यहाँ बस्दाको समय नोकरी संगै आफ्नो फुर्सदको समयमा कम्प्युटर सम्वन्धि विभिन्न काम पनि सिक्न भ्याए ।

लामो समयको भारत बसाईका क्रममा उनले कम्प्युटर सम्वन्धि सिकेको कुरा अव आफ्नै गाउँठाउँमा रहेका युवाहरुलाई सिकाउनु पर्छ भनेर ठुलो अभिलाषाका साथ गाउँ फर्किए ।भारतमा नोकरी गरेर बस्नु भन्दा आफ्नै गाउँमा केही गर्ने अठोटका साथ गाउँ फर्किएका उनी अहिले लाखौं रकम खर्चेर कम्प्युटर सम्वन्धि व्यवसाय संचालन गरिरहेका छन् ।

विज्ञापन

भारतको पन्जावमा नोकरी गरेका उनी गाउँ फर्किए लगतै उनले कम्प्युटर सम्वन्धि विभिन्न काम गर्ने उद्देश्यले सदरमुकाम मार्तडीमा एटुजेट कम्प्युटर इन्सिच्युट सञ्चालनमा ल्याए । अहिले उनले संचालन गरेको ईन्सिच्युटमा कम्प्युटर सम्वन्धि विभिन्न कक्षाहरु संचालन गरिरहेका छन् ।

उनको ईन्सिच्युटमा अहिले दिनहुँ जसो कम्प्युटर सम्वन्धि विभिन्न कोर्षहरु सिक्न बाजुरा जिल्ला भरिका युवाहरु आउने गरेका छन् । अहिले उनलाई आफुले सिकेको कम्प्युटर सम्वन्धिको ज्ञान अरुलाई सिकाउनमै व्यस्त छन् । सुदूरपश्चिमकै विकट जिल्ला बाजुरामा एउटा राम्रो इन्सिच्युट संचालन गरेका उनले आफ्नो कलालाई जिल्लाभर चिनाउन सफल भएका छन् । तर उनलाई आफ्नो व्यवसाय संचालन गर्न राज्यबाट रिण नपाएको गुनासो छ ।

तर उनि राज्यको कानुनी व्यवस्था प्रती असन्तुष्टि छन् । आफुले आफ्नै ठाउँमा केही गर्छु भनेर आएको हुँदा समेत हामी जस्तो युवालाई राज्यले दिने ऋणको पहुच अझै पनि हामी जस्तो युवाले पाउन नसकेको गुनासो छ ।हजारौ युवा जसले विदेशको लाखौ तलब र सुविधा परित्याग गरि स्वदेशमै केही गर्छौ भनेर स्वदेश आएका छन उनीहरुले राज्यले दिने सेवा सुविधा कम मात्रामा मात्र पाएका छन ।

बाजुरामा निशान्त बडुवाल जस्तै धेरै युवा छन् जसले नेपालका विभिन्न बैकहरुबाट सहज रुपमा ऋण प्राप्त गर्न सकेका छैनन । यति मात्र हैन कतिपय युवाहरुले आफुले गर्न चाहेको व्यवसाय समेत दर्ता गरि सञ्चालन गर्न सकेका छैनन । तर पनि यसका बाबजुद बडुवालले विभिन्न समस्याहरु झेल्दै करिव ५० लाख भन्दा बढी लगानिमा कम्प्युटर इन्सिच्युट सञ्चालन गरि एक अब्बल युवा व्यवसायी बन्न सफल भएका छन् ।

के-के सेवा दिन्छन् निशान्तले मार्तडीमा..
कम्प्युटर सम्वन्धि सम्पूणर् कार्यहरु एकै ठाँउमा गरिन्छ् । कम्प्युटरका पाटपुर्जा, हार्डवयर सप्टवयर, कम्प्युटर सम्वन्धि विभिन्न कोर्ष, विभिन्न इलेक्टोनिक्स सामाग्री विक्रि मर्मत वितरण तथा मर्मत जस्ता सम्पुणर् कामहरु उनले खोलेको इन्सिच्युटमा नै गरिने हुँदा पनि अहिले उनको इन्सिच्युट सदरमुकाममै लोकपृयता कमाईरहेको छ ।

अर्को कुरा त के छ भने उनले पैशा कमाउनका लागि मात्र इन्सिच्युट संचालन गरेका छैनन् । इन्सिच्युटमा कम्प्युटर सम्वन्धि अध्ययन गर्न आउने विपन्न परिवारलाई निशुल्क पढाउने देखि विद्यार्थीहरुको आर्थि अवस्था हेरी न्युन शुल्कमा कम्प्युटर शिक्षा दिने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि