होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अम्कोटको पहिरोमा परि १ बेपत्ता २ जना घाईते
Breaking News

अम्कोटको पहिरोमा परि १ बेपत्ता २ जना घाईते

  • नागरिक रैबार
अम्कोटको पहिरोमा परि १ बेपत्ता २ जना घाईते
साँकेतिक तस्वीर

नागरिक रैबार
बाजुरा १४ साउन
जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ अम्कोटमा गएको पहिरोमा परि १ जना बेपत्ता भएका छन् । पहिरोमा परि बेपत्ता हुनेमा सोही नगरपालिका वडा न १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् ।
पहिरोमै परेर बाख्रा चराउन गएका अन्य २ जना घाइते भएका छन । पहिरोमा परि घाइते हुनेमा सोही वडाका १७ वर्षिया ज्ञानराज पाध्याय र १६ वर्षिया हरेन्द्र पाध्याय रहेका छन ।
पहिरोमा परि वेपत्ता भएका धर्मराज पाध्यायको खोजीका लागि प्रहरी, शसत्र प्रहरी नेपाली सेना र स्थानीयहरुले खोजी गरिरहेको र घाईते भएका २ जनालाई उपचारका लागि बयालपाटा लगिएको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार