होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • नेकपा वडा कमिटीको पहिलो बैठकमा मृग्रौला पीडितलाई सहयोग
बडीमालिका

नेकपा वडा कमिटीको पहिलो बैठकमा मृग्रौला पीडितलाई सहयोग

  • नागरिक रैबार
नेकपा वडा कमिटीको पहिलो बैठकमा मृग्रौला पीडितलाई सहयोग

नागरिक रैबार/बाजुरा १७ साउन। जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाको वडा नं. ९ नेकपा वडा संगठन कमिटीले आफ्नो पहिलो वैठक विभिन्न निणर्य सहित सम्पन्न गरेको छ ।

९ नंम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश पायल र सचिवमा प्रकास विष्ट चयन भएपछि शनिबार बसेको पहिलो वैठकमा सहभागि भएका नेकपाका कार्यक्रताहरुले वडा नं. ९ चौराटाका नेकपाकै कार्यकर्ता मृगौला पिडित डवल विकलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

वडा कमिटीको पहिलो वैठकमा सहभागी भएका नेकपाका कार्यकर्ताहरुले बैठकमै रकम संकलन गरेर आर्थिक अभावमा उपचारको समस्यामा रहेका चौराटाका मृगौला पिडित डवल विकलाई ५ हजार ८ सय ५० नगद रुपैयाँ सहयोग गरेका छन् ।

विज्ञापन

त्यस्तै शनिवार बसेको पहिलो वैठकले वडा संगठन कमिटीमा यस अघि सदस्यमा रहेका दल बडुुवाल कामको सिलसिलामा जिल्ला बाहिर रहेपछि उनको ठाउँमा निशान्त बडुवाललाई मनोनित गरेको छ ।

त्यस्तै यस अघि वडा कमिटी अध्यक्षमा रहेका गचे चंदारा र सदस्यमा रहेका तुला विष्ट र मासे सनाईलाई नेकपा बडीमालिका नगर संगठन कमिटीको सदस्यमा सिफारिस गर्ने निणर्य गरेको नेकपा वडीमालिका ९ वडा संगठन कमिटीका अध्यक्ष राजेश विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार