होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगा नगरपालिकाः केसी ग्रुपको निशाना पहिलो प्रहरी दोस्रो नगरप्रमुख
Breaking News

बुढीगंगा नगरपालिकाः केसी ग्रुपको निशाना पहिलो प्रहरी दोस्रो नगरप्रमुख

  • नागरिक रैबार
बुढीगंगा नगरपालिकाः केसी ग्रुपको निशाना पहिलो प्रहरी दोस्रो नगरप्रमुख

नागरिक रैबार/बाजुरा १२ साउन।आईतबार विहान बुढीगंगा नगरपालिकाको लेखा शाखा तोडफोड गरी आगजनि गरिएको ठाउँमा केशी ग्रुप भनेर लेखिएको प्रचामा पहिलो निशाना प्रहरी र दास्रो निशानामा नगर प्रमुखलाई राखेको भेटिएको छ ।

आगजनि भएकै ठाउँमा केसी ग्रुपले छोडेको प्रचामा लेखिएको छ केसी ग्रुपले चाहेमा जे पनि गर्न सक्छ । प्रहरी चौकी र प्रहरी पहिलो निशानामा छन् भने मनोमानी ढंगले चल्ने नगरप्रमुख दोस्रो निशानामा छन् । जहिले जे सुकै पनि हुन सक्छ केसी ग्रुप भनेर लेखिएको प्रचामा उल्लेख छ ।

अझ प्रचामा भनिएको छ केसी ग्रुपलाई कसैले धक्का दिन सक्दैन् । कसैले केही गर्न सक्छ भने गरेर देखाउँदा हुन्छ । हाम्रो ग्रुपले भने लगातार देखाई रहेको छ देखाउँदै रहनेछ शक्ति र क्षमता भएको बेलासम्म । त्यस्तै केसी ग्रुपको क्षमता हो यो अव प्रहरी चौकी र भ्रष्ट कर्मचारीलाई ज्युँदै जलाईने छ केसी ग्रुप भनेर प्रचामा उल्लेख छ ।

विज्ञापन

यता नगरप्रमुख दिपक विक्रम शाहले भने आफु र नगरपालिकालाई त्रसाउने खेलमात्रै भएको आरोप लगाए । उनले भने नगरपालिकाको लेखा शाखामा आगजनि गरेपछि भेटिएको प्रचा कसको हो ? कुन नियतले नगरपालिकामा आगजनि गरेको हो ? को हुन् कहाँबाट आएका हुन प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले फेरी भने केसी ग्रुपको समूह नै छैन् यहाँ यदी भएपनि फोन मार्फत आफुलाई डर धम्की आउनु पर्ने हो तर कसैले सो समूहको हुँ भनेर आफुलाई फोन पनि गरेको छैन् । उनीहरुको नाममा कसै अरुले खेल्न खोजे जस्तो छ । यो अनुसन्धान गरेर थाहा हुन्छ ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बुढीगंगा नगरपालिकाको लेखा शाखामा आगजनि पछि सोही ठाउँमा भेटिएको केसी ग्रुप लेखिएको प्रचा भेटिएकोले उक्त ग्रुपको खोजी कार्य तिव्र पारिएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार