होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुरामा नाममात्रको ब्लड बैंक
स्वास्थ्य-जीवनशैली

बाजुरामा नाममात्रको ब्लड बैंक

  • नागरिक रैबार
बाजुरामा नाममात्रको ब्लड बैंक

नागरिक रैबार
साउन १४ बाजुरा
नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले २०७४ सालबाट संचालनमा ल्याएको ब्लड बैंक नाममात्रको रहेको पाईएको छ । अझभन्दा कागची रिर्पोटिंगका हिसावले जिल्लादेखि केन्द्रसम्म तालुक निकायमा उक्त ब्लड बैंक संचालनमा आईरहेको देखाई रहेको पाईएको छ । तर उक्त ब्लड बैंक हाल संचालन छैन् ।
विगतमा तत्कालिन जिविस बाजुराले सांसद विकास कोष मार्फत जिल्ला रेडक्रस सोसाईटिलाई १५ लाख दिएको थियो । पुरानै भएपनि फ्रिज खरिद गरेर उद्घाटन गरि संचालनमा त ल्याएकै हो । रेडक्रस शाखाको समितिमा रहेका एकजनाले भने । तर फ्रिज नै नचलेको उनले बताए ।
ब्लड बैंक संचालनमा नआएपछि फेरि प्रदेश सरकारले २०७६ मा फ्रिज नेपाल रेडक्रस सोसाईटि बाजुरा शाखालाई दिएको छ । त्यो सँगै सांसद विकास कोषबाट ब्लड बैंक स्थापना भन्दै १० लाख र स्वास्थ्य कार्यालय बाजुराले ३ लाख बजेटको व्यवस्था गरेको भएपनि अहिले सम्म उक्त ब्लड बैक सञ्चालनमा आउन सकेको छैन् ।
नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाका मन्त्री दिपक शाहले भने ५ लाख बराबरको रकम खर्च गरेर घर मर्मत गरेको हो । बाँकिको सामान खरिद गरिसेकेको छ । ढुवानी गर्न समस्या भएको बताए । असार भन्दा पहिला नै ब्लड बैंक सञ्चालन गर्नका लागि आवश्यक सामान खरिद गरेर संचालन गर्नुपर्ने हो । केही ढिला भएको उनले थपे । अब सडक अबरोध छ । दसैँसम्म ब्लड बैंक संचालन हुने बताएका छन् ।
अस्पतालमा ब्लड बैंक नभएर सेवा लिन आएका बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि ब्लड बैंक नहुदा तत्काल आवश्यक परेका सुत्केरी र तथा अन्य बिरामीलाई समस्या हुदै आएको छ ।
जिल्ला अस्पतालमा आवश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेशन सेवा सञ्चालनमा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि आवश्यक परेको बेला रगत दिने सहज रुपमा कोही भेटिदैनन्, त्यसो हुँदा निकै अफ्ठेरो भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार