होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ७ बाट कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष सुरु गरियो
समाचार

बडीमालिका ७ बाट कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष सुरु गरियो

  • नागरिक रैबार
बडीमालिका ७ बाट कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष सुरु गरियो

नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिका-७ मा मेलको रुखमा कलमी गरी नासपाति रोपण अभियान संचालन गरीएको छ । कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष कार्यक्रम अन्तरगत सो अभियान बाजुराको बडिमालिका नगरपालिका ७ बाट संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

वडाका सबै बस्तीमा कृषि ज्ञान केन्द्र बाजुरा र कृषि शाखाको प्राविधिक सहयोगमा मेलमा नास्पाति कलमीको अभियान सञ्चालन गर्ने वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । संरक्षित मेलमा कलमीका लागि कृषकहरुको घर दैलोमा प्राबिधीकहरु पठाएर सो कार्य गरिने वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराको प्राबिधीक सहयोग तथा वडा कार्यालय र नगरपालिकाको सहयोगमा सो अभियान संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतीले बताएका छन । मेलको रुखमा नाशपाती कलमी गरी दुई हजार वोट नास्पाति उत्पादन गरेर जुस तथा वइन उद्योग बनाउने लक्ष राखेको ज्ञान केन्द्र प्रमुख सिजापतीको भनाइ छ ।

विज्ञापन

बडिमालिका नगरपालिका वडा न ७ को कार्यालयमा म‌ंगलबार एक कार्यक्रमका वित कलमी अभियान संचालन गरिएको जनाएको छ । सो कार्यक्रममा वडाका कृषक, कृषि प्राबिधीक, कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापती , वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडाका जनप्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार