होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रतिगमनका जडसुत्र नेपालका कम्युनिस्ट हुन् – डा.संग्राैला
Breaking News

प्रतिगमनका जडसुत्र नेपालका कम्युनिस्ट हुन् – डा.संग्राैला

  • नागरिक रैबार
प्रतिगमनका जडसुत्र नेपालका कम्युनिस्ट हुन् – डा.संग्राैला

नागरिक रैबार/बाजुरा १० फागुन। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले प्रतिगमनका जडसुत्र नै नेपालका कम्युनिस्ट भएको आरोप लगाएकि छन् ।

आइतबार नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर संग्रौलाले यस्तो बताएकी हुन । डा.संग्राैलाले अहिलेको वर्तमान राजनीतिक परिस्थिति कम्युनिष्टहरुकै कारण उत्पन्न भएको बताइन । केन्द्रीय सदस्य डाक्टर संग्रौलाले भनिन् नेपालको राजनितिलाई नेपालका कम्युनिष्टहरुले अस्थिरता तिर धकेल्न खोजेका छन् हामी सवै मिलेर रोक्नु पर्छ ।

नेपालको संबिधानमा हुदैँ नभएको सांसद बिगठन केपी ओलीले गरेकोले न्यायलयले पनि जनताकै पक्षमा न्याय दिलाउने विश्वास व्यक्त गरिन् ।
उनले देशमा अहिले केपी ओलीकै आसपासमा रहेका उनकै मान्छेले भ्रष्टचार गर्दा पनि चुप लागेर बस्ने भाषणमा मात्रै हामी भ्रष्टाचार गर्दैनौ भन्ने हावा गफले देशमा झन भ्रष्टचार मौलाउदै गएको बताएकी छन ।

विज्ञापन

No description available.
नेपाल प्रेश युनियन बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौला प्रमुख अतिथि रहेकी थिइन । नेपाल प्रेश युनीयन जिल्ला शाखा बाजुराका सचिव प्रशान्तराज जोशीले संचालन गरेको कार्यक्रममा नेपाली काँग्रेश बाजुराका संगठन बिभाग प्रमुख धनराज पण्डित , बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, महिला संघकी नेता जानकी सिहं, निर्मला क्षेत्री, गिरिसा न्यौपाने लगायतका नेताहरुको उपस्थिीती रहेको थियो । आयोजित कार्यक्रममा बाजुरा स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार