होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराद्धारा भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग
समाचार

काँग्रेस बाजुराद्धारा भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

  • नागरिक रैबार
काँग्रेस बाजुराद्धारा भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा ६ फागुन। नेपाली काँग्रेस बाजुराले बलत्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका पार्टी सभापति कविराज पंण्डित सहितको टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका पुगेर बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टकी आमालाई राहत स्वरुप नगद ३० हजार रकम सहयोग गरेका हुन् ।

बलत्कार पछि हत्या गरिएकी भागरथीको परिवारलाई राहत स्वरुप रकम सहयोग गर्न र घटनाबारे बैतडी पुगेका नेपाली काँग्रेस बाजुराका सभापति कविराज पंण्डितले भागरथीको घटना र घटनास्थल बारे सुन्दा देख्दा निकै षड्यन्त्र पूर्वक बलात्कार पछि हत्या गरिएको बताए ।

विज्ञापन

भागरथीको बलत्कार पछि हत्या गरिएको अभियोगमा एकजना गाउँकै १६ वर्षिय बालक अपराधी भनेर सार्वजनिक गरेपनि पिडित परिवारका सदस्यले भने एकजनाबाट मात्रै त्यति ठूलो जघन्य अपराध हुनै सक्दैन भनी राखेका छन सभापति पण्डितले भने । सभापति पंण्डितले भागरथि घटनाको सत्य तथ्य अनुसन्धान होस्, पिडित परिवारमा पूनः समवेदना र मारिएकि भागरथीको चीर शान्तिको कामना गर्दछु उनले सामाजिक संजाल मार्फत भनेका छन् ।

राहत स्वरुप रकम सहयोग गर्न बैतडी पुगेका पंण्डितसंगै काँग्रेस बाजुराका सचिव रनसिंह ऐडि, महाधिवेशन प्रतिनिधि जनक सिंह, नेपाल महिला संघ बाजुरा अध्यक्ष अमृता सिंह, बैतडी तरुण दलका पूर्व अध्यक्ष घनश्याम भट्ट र दोगडाकेदार नेपाली काँग्रसका सभापति नन्दराज भट्ट लगायत सहभागि थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार