होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ भदौ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ का एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ का अन्दाजी ४५ वर्षका धनबहादुर उखेडा रहेको वडा अध्यक्ष रामबहादुर कटुवालले बताएका छन् । उहाँका अनुसार उखेडा भदौ १८ गते बार्जुकोट दरबार नजिकैको भिरबाट लडेर घाईते भएका थिए । घाईते […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ५ घर भएका एक युवकको मलेसियामा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका त्रिवेणी नगरपालिका-५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो । धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ । अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका […]
नागरिक रैबार/बाजुरा २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बडीमालिका-९ मा माओवादी केन्द्रको टोल संगठन समिति गठन गरिएको छ । वडा नम्बर ९ को माझगाउँको टोल संगठन समिति सचिवमा माँझ गाउँका राजु विकलाई जिम्मेवारी दिईएको छ । नेकपा माओवादी केन्द्र बाजुराले विकलाई बडीमालिका ९ को टोल सचिवको जिम्मेवारी दिईएको माओवादी केन्द्रका नगर कमिटी सचिव चन्द्र […]
नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बाजुराले आफ्नो तयारीलाई पनि तिव्रताका साथ अगाडी बढाएको छ । गाउँटोल, पालिका, प्रदेश (क) र (ख) सहित जिल्लामा नेतृत्व चयनका लागि नेताहरु चुनावी रणनीति बनाएर अगाडी बढेका छन् । यससँगै जिल्ला सभापतिका लागि आकांक्षीहरु आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् । बाजुरा […]
नागरिक रैबार/बाजुरा २० भदौ। ग्रामीण सुधार केन्द्र (आर.आई.सी) बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता भन्ने उद्देश्यका साथ २०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भई विधिवत रुपमा स्थापना भएको संस्थाको शनिबार एक औपचारिक कार्यक्रमका विच १३ औं वार्षिक साधारण सभा सम्पन्न […]
नागरिक रैबार/बाजुरा १८ भदौ। नेपाली काँग्रेस बाजुराले बडीमालिका नगरपालिका वडा नं. ९ मा डम्मर विक सभापति रहने गरी १५ सदस्यीय टोल कार्य समिति गठन गरेको छ । नेपाली काँग्रेस बाजुराको आसन्न १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिबेशनको पुर्ब सन्ध्यामा बडिमालिका ९ मा टोल कार्यसमिति गठन गरेको हो । जसमा डम्मर विक सभापति, प्रेम खड्का […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको सदरमुकाम मार्तडीस्थित बाजुरा क्याम्पसले भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको छ । शुक्रबार बाजुरा क्याम्पसले एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको हो । यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै […]
बाजुराः बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ। बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढीपहिरोको जोखिममा परेको हो। अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ। २ वर्षयता बस्ती नै जोखिममा परेको छ। बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफूहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए। […]
नागरिक रैवार/बाजुरा १८ भदाै। गौमुल गाउँपालिका वडा नं. ५ का कोरोना प्रभावित ४५ अतिविपन्न परिवारहरुलाई सहास नेपाल बाजुराले राहत वितरण गरेको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालले कोभिड १९ को दोस्रो लहरमा प्रभावित भएका सो वडाका दलित महिला, सुत्केरी र गर्भवति महिलाका घरपरिवारहरुका लागि भौचर सहयोग कार्यक्रम अन्तरगत राहत वितरण गरेको सहास नेपालका शिक्षा […]
नागरिक रैबार/बाजुरा १७ भदाै । कोभिड १९ को तेस्रो भेरियन्ट आउन सक्ने भएकाले यसको नियन्त्रण गर्न पुर्ब तयारीका लागि सरोकारवाला निकायसँग एक गोष्ठीको आयोजना गरेर छलफल गरिएको छ । नेपाल पनि कोभिड १९ को तेस्रो भेरियन्ट आउन सुरु भए संगै जिल्लामा त्यसको प्रतिकार्यका लागि के गर्न सकिन्छ भन्ने बिषयमा गोष्ठीको आयोजना गरिएको हो । स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा १७ भदौ । बाजुराकाे बुढीगंगा नगरपालिका वडा ९ बिर्खम्म डाडाँको जङ्लमा भालुको आक्रमणमा परि एक युवती गम्भीर घाइते भएकी छन् । भालुकाे आक्रमणमा परि घाइते हुनेमा साेही वडाकि २१ वर्षिया काैसिला नेपाली रहेकी छन् । बिहिबार दिउसाे ४ बजे दिउसाे गाेठालाे जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानिय बताएका छन् ।घाइते युवतिको थप […]
नागरिक रैबार/बाजुरा १७ भदौ । नेकपा एमालेका नेता एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाकै गृह वडाका वडा अध्यक्ष भरत थापा नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भरत थापा तत्कालिन एमालेबाट पूर्वउद्योगमन्त्री थापाकै वडाबाट ५ सय मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका […]
नागरिक रैबार/बाजुरा १६ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुरा परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका छन् । आजबाट सञ्चालन भएको राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाजुराको कार्यालय परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका हुन् । प्रहरी निरिक्षक वलेन्द्र नाथको अध्यक्षतामा गठन भएको वृक्षारोपण समिति सहित १५/२० जनाको टोलिले बिभिन्न प्रजातीका ४० वटा […]
नागरिक रैबार/बाजुरा १५ भदौ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालकाे केन्द्रीय सदस्यमा बाजुराका कविजंग शाही मनाेनित भएका छन् । मंगलबार सम्पन्न वाईसीएलकाे राष्ट्रिय भेलाबाट बाजुराका शाही केन्द्रीय सदस्यमा मनाेनित भएका हुन् । स्वामिकार्तिक खापर गाउँपालिकाकाे साविककाे जुकाेटमा जन्मेका शाही पूर्व बाल संघठनको सचिव, बिधार्थी संगठनको केन्द्रीय सचिवालय सदस्य भई राजनीतिमा […]
बसन्त चंदारा/बाजुरा १५ भदौ। बडीमालिका नगरपालिका ८ र ९ मा पर्ने रतुडाको लवाकोट खोलामा काठेपुल निर्माण गरिएको छ । बडीमालिका नगरपालिकाको २३ हजार बराबरको आर्थिक सहयोगमा उक्त खोलामा काठेपुल निर्माण गरिएको हो । खोलामा अस्थायी रुपमा काठेपुल निर्माण भएपछि वर्षातको समयमा रतुडा र लवाकोटका स्थानीय र विद्यार्थीहरुलाई सहज भएको स्थानीय प्रसादे चंदारले बताएका छन् । […]
नागरिक रैबार/बाजुरा ९ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले आफ्नै गृह जिल्लाका युवाहरुलाइ कार्यकक्षमै दुर्व्यवहार गरेको रानीबन स्पोट्र्स युथ क्लका अध्यक्ष धुव्र रोकायाले बताएका छन् । रानीबन स्पोर्टस क्लव बाजुराले पहिलोपटक राजधानीमा हुन गईरहेको ‘सि डिभिजन फुटवल खेल्नका लागि छनोट भएकोले खेलाडीका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि गृह जिल्लाका […]
नागरिक रैबार/बाजुरा ९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बाजुरा जिल्ला इन्चार्जमा पूर्व बाणिज्य तथा आपुर्ति राज्यमन्त्री कणर्बहादुर विकलाई जिम्मेवारी दिईएको छ । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य समेत रहेका विकलाई बाजुरा जिल्लाको इन्चार्जमा जिम्मेवारी दिएको हो । बाजुराको जगन्नाथ गाउँपालिका घर भएका विक दुइदशक देखि राजनीतिमा सक्रिय भएर […]
बाजुरा।जनजागरण पाटी नेपालको आर्थिक सहयोग तथा बाजुरा इसाई समाजको समन्वयमा बाजुराको बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । मँगलबार बडीमालिका ३ र ९ नं. वडाका बाढी पिडित र गरिव असायहयलाई मध्येनजर गरेर जनजागरण पार्टीका केन्द्रिय अध्यक्ष विपि खनाल र बाजुरा इसाइ समाजको समन्वयमा बाढीपिडित […]
नागरिक रैबार/बाजुरा ८ भदौ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाजुराले एमालेले आफ्नो पाट्रीमा समावेश गरेका जिल्ला कमिटी सदस्यहरु माओवादी केन्द्रमै रहेको बताएको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना जिल्ला कमिटी सदस्यहरु माओवादी केन्द्रमै रहेको दावी गरेको छ । मिति २०७८ साल भदौ ६ गते आईतबारका दिन […]
नागरिक रैबार बाजुरा ८ भदौ नेकपा माओवादी केन्द्र बाजुराको पहल तथा बाजुरा इसाई समाजको सहयोगमा बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । बडीमालिका ३ र ९ नम्बर वडाका बाढी पिडित र गरिव असायहयलाई प्रतिव्यक्ति ३० केजिका दरले चामल वितरण गरिएको बाजुरा इसाई समाजका अध्यक्ष […]