होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ बैशाख। कोरोनाका कारण मृत्यु भएका बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । कोरोनाका कारण मृत्यु भएका वडा अध्यक्ष विकको शव अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको छ । बडीमालिका नगरपालिकाको समन्वयमा वडा अध्यक्ष विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल […]
नागरिक रैबार/ बाजुरा २५ बैशाख। बडीमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट निधन भएको छ । शनिबार काेराेना संकर्मण पछि बिकलाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि डडेलधुरा रिफर गरिएको थियो । अध्यक्ष बिकलाई थप उपचारका लागि डडेलधुरा लिने क्रममा अछामकाे साँफेबगरमा निधन भएकाे अाफन्त सन्ताेष विकले बताएका छन् […]
२५ बैशाख , बाजुरा । बाजुरा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई डडेलधुरा रिफर गरिएको छ । अध्यक्ष बिकलाई कोरोना देखीएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा रिफर गरिएको हो । उनलाई अक्सीजन सहित भ्यानीलेटरको आबस्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएको अबस्थामा अध्यक्ष बिकलाई रिफर गरिएको जिल्ला अस्पतालले […]
२३ बाजुरा,। बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३८ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ४६ पुगेको छ । आज १ सय ३२ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा १ सय १४ जना होम आइसोलेशनमा र ३८ जना […]
२३ बैशाख , बाजुरा । राजेश पायल विकद्धारा निर्देशित बाजुराली भाषामा तयारी पारिएको जनचेतनामुलक लघु चलचित्र कोरोना कहर सार्वजनिक भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (काभिड १९) ले विश्वनै अक्रान्त भएको बेला सचेताना फैलाउन बाजुराले भाषामा तयार पारिएको कोरोना कहर लघु चलचित्र सार्वजनिक गरेको हो । यो चलचित्रमा कोरोना कहरको बेला भारतबाट आएका सर्वसाधारणहरुलाई […]
२२ बैशाख , बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त […]
बैशाख २०, बाजुरा । बाजुरा जिल्लामा दिन प्रतिदिन कोरोना तिब्र रुपमा फैलिरहेको छ । कोरोना भाइरस फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले निषेधाज्ञा जारि गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । कोरोना भाईरस महामारीका कारण जोखीम बढ्दै गएकोले कोभिड १९ संकट ब्यबस्थापन समितिको निणर्अनुसार बाजुरामा पनि निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । […]
२० वैशाख, बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक […]
बाजुरा १८ बैशाख । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या ३८ पुगेको छ । आज थप २ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बुढिगंगा नगरपालिकामा १ र गौमुल गाउँपालिकामा १ गरी दुई जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन । जिल्लाका बडिमालिका […]
बैशाख २३ बाजुरा । बिश्व महामारीको रुपमा फैलिएको कोभिट १९ का कारण त्रसित भइरहेको अबस्थामा बडिमालिका नगरपालिकाले पनि सचेत हुन अनुरोध गरेको छ । बडिमालिका नगरपालिका शिक्षा समितिको मंगलबार बिहान बसेको बैठकले नगरपालिका भित्रका सबै बिद्यालय बन्द गर्ने निणर्य गरेको छ । नगरपालिका भित्र ज्वरो लगायतका लक्षण सहित बिरामी देखा परेकोले बैशाख १४ गते देखी […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितले आफनो जन्मदिनको अवसरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरेका छन् । जन्मदिनको अवसरमा शुक्रबार विहान कारागारमै पुगेर सभापति पण्डितले कैदीबन्दीहरुलाई फलफुल वितरण गरेका हुन् । बडीमालिका नगरपालिका १ निवासी पण्डितले जन्म दिनको अवसरमा अन्य फजुल खर्च कटाएर कारागार बाजुराका कैदीहरुलाई फलफुल वितरण गरेका […]
मदन विक/बाजुरा ७ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा जारी १२ औ राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो दिनमा भएको विवादलाई लिएर मालिका मावि तथा बडीमालिका नगरपालिकाको नाम लक्षित गरिएको प्रति बडीमािलका नगरपालिकाका प्रशिक्षकहरुले आपत्ति जनाएका छन् । प्रतियोगिता संचालनका क्रममा विवादस्पद घटनाक्रमलाई जोडेर मालिका मावि तथा सिंगो बडीमालिकाको नामसंग जोडि अतिरन्जित पारिएका आरोपहरु […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सूरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सवैका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता आजबाट सदरमुका मार्तडीमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजनामा उक्त प्रतियोगिता आजबाट सदरमुकाम मार्तडीमा […]
प्रकास विक/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सूरु हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजबाट सदरमुकाम मार्तडीमा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु सहभागिता जनाउने आयोजक खेलकुद विकास समितिले बताएको छ । यस अघि पालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियोगितामा […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीबाट राप्क जाँदै गरेको अटोरिक्सा सुधाकाँध नजिकै दुर्घटनामा परेको छ । अटोरिक्सा दुर्घटना हुँदा रिक्सामा सवार ४ जना घाइते भएका छन् । चारमध्ये एकजना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । लु २ च ०२४७ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा बडिमालिका ७ जिल्ली बस्ने ३८ बर्षका मान […]
नागरिक रैबार/बाजुरा १ बैशाख। नयाँ वर्ष २०७८ शालको पावन अवसरमा जिल्लाको सदरमुकाम मार्तडीमा सुपर लिँक कम्प्युटर ईन्सिच्युट संचालनमा ल्याईएको छ ।बुधबार एक औपचारिक कार्यक्रमका विच उक्त इन्सिच्युटको नेकपा एमालेका उत्पिडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य तथा नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्य काँसी नेपालीले रिवन काटेर उद्घाटन गरेका छन् । जिल्लामा रहेका अतिविपन्न वर्ग तथा […]
नागरिक रैबार/बाजुरा ३० चैत्र। बाजुराका एक सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई सहयोग गरेका छन् । न्यु बडालेक फेन्सी स्टोरका संचालक समेत रहेका बाजुराका सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसरमा बडीमालिका ३ मा रहेको चोयाकोट माविका विद्यार्थीलाई विभिन्न सामाग्री सहयोग गरेका छन् । जिल्लामै सफल व्यवसायीका रुपमा परिचित रहेका […]
नागरिक रैबार/बाजुरा ३० चैत । बडीमालिका नगरपालिका स्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिका माविले हात पारेकाे छ । बाजुरा जिल्लामा अहिले सम्मका सबै शिल्डहरू निरन्तर कव्जा गर्दै अाएकाे मालिकाले यस वर्ष अायाेजना गरेकाे नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि आफ्नो हात पार्न सफल भएको हाे । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयकाे तत्वावधान तथा […]
बाजुरा,११ चैत्र । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाजुराको बडीमालिकामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको जनाएको छ । बाजुराको बडीमालिका नगरपालिका –८, मार्तडीमा मंगलबारबाट बैंकले नयाँ शाखा बैंकिङ सेवा सुरु गरेको हो । बैंकको अनुसार मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म […]
नागरिक रैबार बाजुरा १२ चैत । बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले नगरमा सोचेजति काम पुरा गर्न सकिएको छैन् भन्नु भएकोे छ । नगरपालिकाको सभाहलमा आयोजित स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्रको स्थापना र संचालनका लागि स्थानीय विपत व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम समापन गर्ने क्रममा सो कुरा बताएका हुन् । नगरसेवा क्षेत्रभित्रका […]